BIZMANDU
www.bizmandu.com

कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु, मोबाइल लैजान नपाउने सहमति

२०७९ पुष ६

काठमाडौं। सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो।

Tata
GBIME

संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

मतदान केन्द्रमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन। मोबाइल लैजान नपाउने सहमति भएपछि भर्खरै मतदान सुरु भएको हो।

अहिले नवनिर्वाचित सांसदहरु मतदानका लागि संसदीय दलको कार्यालयमा पुगेका छन्।

कांग्रेसमा ८९ जनाले दलको नेता छान्न मतदान गर्दैछन्।