BIZMANDU
www.bizmandu.com

पुस २९ पछि नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघ्दै, तीन जना संस्थापक सञ्चालक चयन गरिने

२०७९ पुष ६

पुस २९ पछि नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघ्दै, तीन जना संस्थापक सञ्चालक चयन गरिने
पुस २९ पछि नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघ्दै, तीन जना संस्थापक सञ्चालक चयन गरिने


काठमाडौं। नबिल बैंकले पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले गतवर्षको लाभांश पारित गर्ने एजेण्डा साधारणसभामा लैजाँदै छ।

Tata
GBIME
NLIC

बैंकले गतवर्षको नाफाबाट ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ। यो भनेको २ अर्ब ६२ करोड रुपैयाँ हो। 

साधारणसभाले यो प्रस्ताव पारित गरेमा सेयरधनीले लाभांश पाउने छन्।

बैंकले चुक्ता पुँजीको १८.५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ। 

बैंकले थप मर्जर तथा प्राप्तिको एजेण्डा पनि लैजाँदै छ। उपयुक्त पार्टनर भेटिए मर्जरमा जाने बैंकको योजना छ।

सभाले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा तीन जनाको निर्वाचन गर्ने छ।