BIZMANDU
www.bizmandu.com

देउवालाई गगन थापाको आग्रह : ‘दुई घण्टाभित्र उम्मेदवारी फिर्ता लिए ऐतिहासिक हुन्छ’

२०७९ पुष ५

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको उम्मेद्वारी फिर्ता लिएमा ऐतिहासिक हुने बताएका छन्। संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि गगनले उक्त भनाई राखेका हुन्।

Tata
GBIME

‘अबको दुई घण्टापछि श्रद्धेय सभापतिले आज उहाँले उम्मेदवारी फिर्ता लिएमा ऐतिहासिक हुनेछ। यो कुरा मनन गर्न मेरो अनुरोध छ,’ थापाले भने।

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाले पनि मनोनयन दर्ता गरेका छन्। निर्वाचन समितिले आजै पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।