BIZMANDU
www.bizmandu.com

एकाबिहानै ट्राफिक प्रहरीको एक्सन: ट्राफिक नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा

२०७९ पुष ५

एकाबिहानै ट्राफिक प्रहरीको एक्सन: ट्राफिक नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा
एकाबिहानै ट्राफिक प्रहरीको एक्सन: ट्राफिक नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा


काठमाडौं। काठमाडौँ उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

Tata
GBIME
NLIC

विभिन्न ट्राफिक नियम उल्लघंन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका छन्। जसमा सवारी चालक अनुमति पत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरबाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारबाही गरिएको छ।

सोही चेकिङको क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरिएको छ।

सडकमा दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।