BIZMANDU
www.bizmandu.com

हाम्रो एजेन्डा पूरा भए सरकारमा जान सकिन्छ, प्रदेश संरचनालाई रेट्रोफिट गरौं : रवि लामिछाने

२०७९ पुष ४

हाम्रो एजेन्डा पूरा भए सरकारमा जान सकिन्छ, प्रदेश संरचनालाई रेट्रोफिट गरौं : रवि लामिछाने
हाम्रो एजेन्डा पूरा भए सरकारमा जान सकिन्छ, प्रदेश संरचनालाई रेट्रोफिट गरौं : रवि लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने नजाने भन्नेबारेमा आफूहरु छलफलमा रहेको बताएका छन्।

Tata
GBIME
NLIC

बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै लामिछानेले भने, 'हाम्रा सांसद सडक र सदन दुवैमा देखिनेछौं। सरकारमा जाने निर्णय भएको छैन। छलफलमा छौं।'   

उनले पार्टीले उठाएका एजेन्डाका आधारमा सरकारमा जाने नजानेबारे निर्णय हुने बताए। 'हामीले उठाएका कुरा पुरा हुने प्रतिबद्धता भए सरकारमा जाने हुन सक्छ। रिजल्ट दिन सक्ने परिणाममुखि छलफलमा जुटिरहेका छौं,' उनले भने।  

उनले आफ्नो नागरिकता विवाद सरकारी निकायले हेरिरहेको समेत बताए। 'अधिकार सम्पन्न निकायले हेरोरहेको छ। यसबारे यति नै। हामीले स्पस्ट रुपमा लेखेर भनिसकेका छौं,' उनले भने।

प्रदेशको संरचनामा फरक मत राख्दै आएको उनले प्रदेश कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ भएको भन्दै संरचना पुन: निर्माण हुनुपर्ने बताए। 'प्रदेशमा कानुन बनेन। कार्यकर्ता व्यवस्थापन गर्ने ठाँउ भयो। यसलाई मर्मत गरौं। हामीले प्रदेश हुनु हुँदैन भनेका छैनौं। रेट्रोफिट गरौं भनेका हौं।'