BIZMANDU
www.bizmandu.com

टाटा मोटर्सले यो वर्ष ५ लाख युनिट प्यासेन्जर कार बिक्री गर्‍यो, बन्यो भारतको ठूलो निर्माता

२०७९ पुष ४

काठमाडौं। टाटा मोटर्सले २०२२ को हालसम्ममा ५ लाख गाडी बिक्री माइलस्टोन पार गरेको छ। कम्पनीले पछिल्ला दुई वर्षमा कम्पनीको बजार हिस्सा दोब्बरले बढाएर हाल १४ प्रतिशत पुगेको छ।

Tata
GBIME
Nepal Life

भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले यो वर्षको हालसम्म ५ लाख युनिट गाडी बिक्री गरेको हो। कार निर्माताले हालसम्म करिब ५.२५ लाख युनिट प्यासेन्जर सवारीसाधन बेचेको छ।

जुन २०२१ मा बिक्री गरेको ३.३१ लाख युनिटको तुलनामा ५९ प्रतिशतले वृद्धि भएको हो।

यसमा टाटाको इभीले पनि धेरै योगदान छ। यसले १९ हजार युनिट इभी बिक्री गरेको छ।

यो वार्षिक बिक्री कम्पनी स्थापना भएदेखि हालसम्म यताकै धेरै बिक्रीदर रहेको कम्पनीले दाबी गरेको छ। यस्तै टाटाले दुई तिहाइभन्दा बढी एसयुभीको बिक्री गरेको छ। टाटा अहिले भारतको सबैभन्दा ठूलो एसयूभी निर्माता हो।

कम्पनी २०२२ मा भारतको सबैभन्दा ठूलो एसयुभी निर्माताको रूपमा हुन्डाईभन्दा अगाडि छ। दक्षिण कोरियाली कार निर्माता हुन्डाई प्यासेन्जर भेहिकल बजारमा दोस्रो स्थानमा छ। हुन्डाईको भन्दा टाटाको वार्षिक बिक्री ३० हजारदेखि ४० हजार युनिट बढी छ।

टाटाले हाल ह्‍याचब्याक, सेडानहरू इलेक्ट्रिक, इन्धन र सीएनजी पावरट्रेनहरूमा उपलब्ध छ। यसमा टाटा मोटर्स र जगुआर ल्यान्डरोभर दुवै समावेश छन्।