BIZMANDU
www.bizmandu.com

मंसिरमा २०० मेगावाटका पाँच जलविद्युत आयोजनाले मागे उत्पादन अनुमतिपत्र, यी हुन् आयोजना

२०७९ पुष ४

मंसिरमा २०० मेगावाटका पाँच जलविद्युत आयोजनाले मागे उत्पादन अनुमतिपत्र, यी हुन् आयोजना
मंसिरमा २०० मेगावाटका पाँच जलविद्युत आयोजनाले मागे उत्पादन अनुमतिपत्र, यी हुन् आयोजना


काठमाडौं। मंसिरमा पाँच वटा कम्पनीले विद्युत उत्पादन अनुमतिपत्र माग गर्दै आवेदन दिएका छन्। विद्युत विभाग समक्ष २००.१९ मेगावाट क्षमताका पाँच आयोजनाको निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र मागेका छन्।

Tata
GBIME
NLIC

निर्माण सुरु  गर्नुअघि सबै जलविद्युत आयोजनाले उत्पादन अनुमति लिनुपर्छ। 

मंसिर १ गते २४.२२० मेगावाटको अपर इन्खु खोला जलविद्युत आयोजनाको अनुमति माग्दै निवेदन दिएको छ। युनिभर्सल पावर कम्पनी प्रवर्द्धक रहेको यो आयोजना सोलुखुम्बुमा निर्माण हुनेछ।

७.२५० मेगावाटको भोजपुरमा पहिचान भएको श्यामखोला जलविद्युत आयोजनाले मंसिर १ गते आवेदन दिएको छ। श्याम खोला इनर्जी डेभलपमेन्ट कम्पनी प्रवर्द्धक छ। सुपर माछाखोला जलविद्युत आयोजनाको निर्माणका लागि बुढीगण्डकी हाइड्रोपावरले मंसिर १ गते आवेदन दिएको छ।

४.६०० मेगावाटको यो आयोजना गोर्खाको माछा खोलामा निर्माण  हुनेछ। हिमशिला पावर कम्पनीले गसाली खोला साना जलविद्युत आयोजनाका निर्माणका लागि आवेदन दिएको छ। ४.५०० मेगावाटको यो आयोजना धादिङको गसाली खोलामा निर्माण प्रस्ताव गरिएको छ। मंसिर २ गते आवेदन दिइएको छ।

बुटवल पावर कम्पनीले १५९.६२९ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना निर्माणका लागि उत्पादन अनुमति पत्र मागेको छ। मंसिर २ गते  कम्पनीले विभागसँग उत्पादन अनुमति पत्र मागेको हो। आयोजनाको २०७४ मा सर्वे लाइसेन्स लिएर अध्ययन अघि  बढाएको हो।  सम्भाव्यता अध्ययन अनुसार प्रस्तावित यो आयोजना मुगुको सोरु गाउँपालिका र हुम्लाको अडानचुली गाउँपालिकामा निर्माण हुनेछ। 

यो पिकिङ रन अफ दि रिभर (पिआरओआर) प्रकृतिको आयोजना हो। यो आयोजनाबाट वार्षिक सरदर ९९४ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। प्रस्तावित आयोजनाको ग्रस हेड २६३ मिटर रहेको छ भने हेडरेस टनेल १४ किमि हुनेछ।

आयोजनाबाट विद्युत उत्पादन भएपछि नेपाल विद्युत प्राधिकरणको प्रस्तावित मुगु कर्णाली हबमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने योजना छ। अहिले यो आयोजनाको अध्ययनको काम अन्तिम चरणमा चलिरहेको छ।