BIZMANDU
www.bizmandu.com

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्‍वान, बहुमत पुग्ने दाबी लिएर आउन दलहरुलाई निम्तो

२०७९ पुष ३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्‍वान गरेकी छिन्। अर्को आइतबार साँझ ५ बजेसम्मको समय दिँदै उनले बहुमत प्राप्त गर्न सक्ने दललाई सरकार गठनका लागि आह्‍वान गरेकी छिन्।

Tata
GBIME

गत मंसिर ४ गतेको निर्वाचनपछि प्राप्त मतपरिणाम अनुसार कुनै पनि दलको बहुमत पुग्दैन।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि दावी पेश गर्न उनले भनेकी हुन्।

अहिले कांग्रेस र माओबादीबीच को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद हुँदा गठबन्धन संकटमा छ। माओबादी र एमालेबीच सरकार गठनका लागि छलफल चलिरहँदा राष्ट्रपतिले आह्‍वान गरेकी हुन्।