BIZMANDU
www.bizmandu.com

फिनटेक एफवान सफ्टले बनाएको नयाँ मोबाइल बैंकिङ एपमा अपग्रेड भयो सांग्रिला बैंक

२०७९ पुष ३

फिनटेक एफवान सफ्टले बनाएको नयाँ मोबाइल बैंकिङ एपमा अपग्रेड भयो सांग्रिला बैंक
फिनटेक एफवान सफ्टले बनाएको नयाँ मोबाइल बैंकिङ एपमा अपग्रेड भयो सांग्रिला बैंक



काठमाडौं। सांग्रिला बैंकले फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको मोबाइल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ।

Tata
GBIME
NLIC

उक्त एप बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ। यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिने एफवान सफ्टले जनाएको छ। 

सांग्रिला स्मार्ट डिजिटल बैंकिङको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ। यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट सहजै एप्लिकेसन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिने बताइएको छ। नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेको बताइएको छ।

‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधैं प्रवर्द्धन गर्दै आएको छ। हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौं। हाम्रो एपको नविनतम् संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै विभिन्न प्रकारका बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन्,’ बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीले भने, ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्। जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ। जसले हाम्रा ग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ अनुभव प्राप्त गर्न सजिलो बनाउँछ।’