BIZMANDU
www.bizmandu.com

नेप्सेले ‘नेप्से-५०’ बेन्चमार्क इन्डेक्स लन्च गर्ने, फ्री फ्लोटबाट ५० ठूला कम्पनी छनोट तयारी

२०७९ पुष ३

नेप्सेले ‘नेप्से-५०’ बेन्चमार्क इन्डेक्स लन्च गर्ने, फ्री फ्लोटबाट ५० ठूला कम्पनी छनोट तयारी
नेप्सेले ‘नेप्से-५०’ बेन्चमार्क इन्डेक्स लन्च गर्ने, फ्री फ्लोटबाट ५० ठूला कम्पनी छनोट तयारी

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'नेप्से-५०' बेन्चमार्क इन्डेक्स लन्च गर्ने भएको छ। नेप्सेले कम्पनीको वार्षिकोत्सवको अवसरमा नयाँ इन्डेक्स ल्याउने तयारी गरेतापनि टुंगो भने लागि नसकेको अधिकारी बताउँछन्। 

Tata
GBIME
Zonsen

'सर्वाधिक पुँजीकरण भएका ५० ठूला सूचीकृत कम्पनी बेन्चमार्क इन्डेक्स नेप्से-५० मा समावेश हुनेछन्,' नेप्सेका सीइओ कृष्णबहादुर कार्कीले बिजमाण्डूसँग भने, 'इन्डेक्समा कम्पनीको फ्री फ्लोट पुँजीकरण मात्र गणना हुन्छ। आम रूपमा कारोबार तथा राफसाफयोग्य सेयर भएका ठूला कम्पनीहरुलाई इन्डेक्समा सूचीकरण गर्ने तयारी छ।' 

सीइओ कार्कीका अनुसार नेप्सेले इन्डेक्स विभाजनका लागि कार्यविधि पनि निर्माण गरिसकेको छ। सूचकांक सञ्चालन तथा व्यवस्थापन कार्यविधिमार्फत बेन्चमार्क इन्डेक्स लन्च गर्ने योजना हो।

बेन्चमार्क इन्डेक्समा कम्पनीको संस्थापक सेयर पट्टिको पुँजीकरणलाई गणना गरिने छैन। लकिङ पिरीयड भएका, सार्वजनिक संस्थान वा नेपाल सरकारले ग्रहण गरेका र आरक्षण अन्तर्गतका सेयर समेत पुँजीकरणमा सवामेश हुने छैनन्।

त्यसैले साधारण सेयर समूहको सबैभन्दा बढी पुँजीकरण हुने शीर्ष ५० कम्पनी मात्रै इन्डेक्समा सूचीकृत हुँदैछन्। परिवर्तनशील अग्राधिकार (कन्भरटिभल प्रिफेरेनस) सेयर भने पुँजीकरणमा गणना गर्न मिल्छ। यस्ता कम्पनीको फ्री फ्लोट कुल पुँजीकरणको २५ प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ।

कार्यविधिमा उल्लेख व्यवस्था अनुसार 'नेप्से-५०'मा २५ प्रतिशतभन्दा कम फ्री फ्लोट भएका सूचीकृत कम्पनीलाई इन्डेक्समा समावेश गरिने छैन। कारोबार तथा राफसाफ योग्य सेयरको हिस्सेदारी २५ प्रतिशतभन्दा बढी हुनु पर्नेछ।   

यसअनुसार एनटीसी जस्ता कम्पनी नेप्से-५० मा समावेश हुने छैनन्। किनभने कम्पनीमा सर्वसाधारणको अंश ८ प्रतिशत मात्र छ। त्यसैले नेप्सेमा हाल प्रभावशाली मानिएका सेयरहरु पनि बेन्चमार्क इन्डेक्स 'नेप्से-५०' मा आउँदा वेटेज समायोजन भएर कम प्रभावशाली हुन्छन्।

फ्री फ्लोट मार्केट क्यापका आधारमा सूचक गणना हुनेहुँदा सटिक तथ्यांक नेप्सेले प्रस्तुत गर्न सक्ने पुँजीबजार विज्ञहरुको टिप्पणी छ। कारोबार तथा राफसाफ भने हाल प्रचलित प्रक्रियागत रूपमा नै गर्ने नेप्सेको आन्तरिक तयारी हो।

बेन्चमार्क इन्डेक्सको अधिनमा रहेर भोलिका दिनमा डेरिभेटिभ प्रडक्टहरु समेत प्रयोगमा ल्याउने नेप्सेको तयारी छ। ‘नेप्से-५० लाई अन्डरलाइनिङ एसेट स्वरुप स्थापित गरी फ्युचर र अप्सन जस्ता डेरीभेटिभ औजारको पहुँच लगानीकर्तालाई दिने हाम्रो लक्ष्य छ,’ सीइओ कार्कीले भने।

बेन्चमार्क इन्डेक्सको आइटी पक्षको गृहकार्य नेप्सेको आन्तरिक स्रोत परिचालन गरी निष्कर्षमा पुर्‍याउने नेप्सेको योजना छ। यस बाहेकका वृहत् परिमार्जनको योजना बनाएको हो।

स्टक एक्सचेन्जको गणनालाई थप व्यवस्थित र प्रीसाइस बनाउन नेप्सेले कार्यविधिमार्फत कारोबार सूचकहरुमा वृहत् परिमार्जनको योजना बनाएको हो। नेप्सेले पुँजीकरणका आधारमा पनि सूचीकृत कम्पनीहरुलाई विभाजनको गृहकार्य थालेको छ।