BIZMANDU
www.bizmandu.com

आयल निगम प्रवक्ता उपाध्याय निर्देशक पदमा बढुवा

२०७९ पुष ३

आयल निगम प्रवक्ता उपाध्याय निर्देशक पदमा बढुवा
आयल निगम प्रवक्ता उपाध्याय निर्देशक पदमा बढुवा


काठमाडौं। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको निर्देशक पदमा बढुवा भएको छ।

Tata
GBIME
NLIC

निगमका प्रवक्ता तथा वितरण विभागका उपनिर्देशक उनलाई व्यवस्थापनले १० औं तह निर्देशकमा बढुवा गरेको हो। यस्तै निगमले अन्य पदमा पनि २१ जनाको बढुवा गरेको छ।

उनी २०५९ वैशाखमा प्राविधिक इन्जिनियरिङ सेवाबाट सातौं तहमा निगममा थानकोट डिपोबाट प्रवेश गरेका थिए। उनी आबद्ध भएको २० वर्ष भएको छ।

निगमको विभिन्न शाखाहरुमा प्रमुख समेत रहेर काम गरेका उपाध्याय कोरोनाको समयमा ६ महिना थानकोट डिपोमा प्रमुख पनि भएका थिए। त्यसपछि उनीलाई निगमको केन्द्रिय कार्यालयमा सरुवा गरिएको थियो।

उनले नेपालगञ्जमा कार्यलय प्रमुख रहेर पनि काम गरेका छन्। त्यस समय नेपालगञ्जबाट पोखरा, भैरहवा, काठमाडौंलाई इन्धन आपूर्ति गर्न योगदान गरेका थिए। त्यो समय मुलुकले नाकाबन्दीका कारण आर्थिक संकटको सामना गरिरहेको थियो। उनले इन्धनको व्यवस्थापन राम्रो मिलाएका थिए।

यसैगरी ग्यास आपूर्तिको व्यवस्थापनमा समेत उनले राम्रो काम गरेका थिए। यस्तै उनले यसै दौरानमा निगमको फिल्ड अफिसरको रुपमा विराटनगर, भैरहवा, थानकोट, पोखरामा काम गरिसकेका छन्।