BIZMANDU
www.bizmandu.com

होटल र्‍याडिसनमा क्रिसमस लाइटिङ सेरेमनी, पाहुना रिझाउन उल्लासपूर्ण कार्यक्रम

२०७९ पुष ३

होटल र्‍याडिसनमा क्रिसमस लाइटिङ सेरेमनी, पाहुना रिझाउन उल्लासपूर्ण कार्यक्रम
होटल र्‍याडिसनमा क्रिसमस लाइटिङ सेरेमनी, पाहुना रिझाउन उल्लासपूर्ण कार्यक्रम

काठमाडौं। लाजिम्पाटस्थित होटल र्‍याडिसनले क्रिसमस लक्षित लाइटिङ सेरेमनी आयोजना गरेको छ।

Tata
GBIME

बिदाको सिजनलाई मध्यनजर गर्दै आयोजना गरिएको समारोहमा मुलुकको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वको सहभागिता भएको होटलले जनाएको छ।

कार्यक्रममा जाइका नेपालकी प्रतिनिधि तोमोको तानकाको प्रमुख आतिथ्यता गरेकी छन्। समारोहमा सान्टा क्लजले चकलेटसहितको झोला लिएर प्रवेश गर्दा रमाइलो भएको थियो।

यो रात्रिकालीन समारोहमा क्रिसमसलक्षित लाइभ क्यारोल गायनका साथै जिन्जर ब्रेड हाउस, जिंगल बेल लगायत कार्यक्रम गरिएको जनाइएको छ।

होटलले क्रिसमसका लागि प्रयोग हुने केकका लागि फ्रुट सोकीङ गरिसकेको जनाएको छ। यो केक क्रिसमसकै दिन काटिने जनाइएको छ।