BIZMANDU
www.bizmandu.com

विनोद चौधरीले ७१% सेयर किनेको श्रीलंकाको युनियन बैंकको अवस्था कस्तो छ?

२०७९ पुष २

विनोद चौधरीले ७१% सेयर किनेको श्रीलंकाको युनियन बैंकको अवस्था कस्तो छ?
विनोद चौधरीले ७१% सेयर किनेको श्रीलंकाको युनियन बैंकको अवस्था कस्तो छ?

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले श्रीलंकाको युनियन बैंक खरिद गर्ने चर्चा लगत्तै बढ्न थालेको बैंकको सेयर मूल्य अहिले पुनः घट्दो ट्रेण्डमा छ। पछिल्लो कारोबार मूल्य अनुसार बैंकको प्रति कित्ता सेयर मूल्य ७.६० रुपैयाँमा झरिसकेको छ।

Tata
GBIME
Nepal Life

डिसेम्बर अघिबाट सुरुवात भएको किनबेच चर्चा निष्कर्षमा पुग्दासम्म बैंकको सेयर मूल्यमा ९ रुपैयाँ प्रति कित्तासम्म पुगिसकेको थियो। तर, खरिदबिक्रीको समझदारी लगत्तै सेयर मूल्य पुनः ओराले लागेको छ। साढे ६ रुपैयाँबाट मूल्य बढ्न सुरु गरेको थियो। झन्डै साढे ३८ प्रतिशतको वृद्धि यस दौरान देखियो।

चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेका छन्। युनियन बैंक अफ कोलम्बोको मेजर सेयर होल्डर कल्चर फाइनान्सियल होल्डिङ्स प्रालि र चौधरीको प्राइभेट इक्विटी फर्म सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालिबीच स्वामित्त्व हस्तान्तरणको सम्झौता भएको हो।

बैंकको चुक्ता १६ अर्ब ३३ करोड ४७ लाख ८२ हजार श्रीलंकन रुपैयाँ छ। कुल १ अर्ब ८ करोड ३५ लाख कित्ता सेयर सूचीकृत छ। जसमध्ये ७६ करोड ७५ लाख ५८ हजार कित्ता कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको हो। यो कुल स्वामित्त्वको ७०.८४ प्रतिशत हो। सोही चौधरीको कम्पनीले किनेको हो। कतिमा खरिद बिक्री भएको भन्ने खुलाइएको छैन। 

चरम आर्थिक मन्दिको सामना गर्दै गरेको श्रीलंका र त्यहाँको बैंकिङ क्षेत्रले खेप्दै गरेको संकटका बाबजुद चौधरीले आठौं ठूलो बैंक किन्दैछन्। जुन सबैको चासोको विषय बन्न पुगेको छ। 

आर्थिक अवरोधहरूको बावजुद, श्रीलंकाको गहिरिँदो संकटमा तैरिने प्रयत्न गरेको चौधरीले बताएका पनि छन्। कठिन हुने थाहा हुँदाहुँदै पनि आफू प्रतिको आत्मविश्वासको र श्रीलंकासँगको घनिष्ठ सम्बन्धले उनका लागि ऊर्जा बनेको उनको जिकिर हो।

यसो त संकटको बेलामा लगानी गर्ने चौधरीको पुरानो आदत पनि हो। मन्दीमा आँटेर गरेको लगानी कहिल्यै घाटामा नजाने जस्ता भनाइ पनि प्रचलित छन्। चौधरीले सन् २००१ मा भारतीय होटल कर्पोरेशन लिमिटेड (आईएचसीएल) सँगको संयुक्त लगानीमा प्रतिष्ठित ताज समुद्र कोलम्बोमा महत्वपूर्ण लगानी गरेका थिए। उनले श्रीलंकामा जारी युद्धको बीचमा गरेका थिए।

अन्य लगानीकर्ताहरूले यहा लगानीको बारेमा सोच्न नचाहेको बेला चौधरीले युद्धग्रस्त देशमा अवसर देखे। जुन त्यसबेला सरकारले मात्र होइन, उद्योग जगतले पनि प्रशंसा गरेको थियो। यो लगानी पनि हस्पिटालिटी उद्योगमा उनको पहिलो थियो। जसको आज ६ वटा मुलुकमा ११ वटा भन्दा बढी चेन छन्। ताज समुद्रमा प्रवेशलगत्तै चौधरीलाई जेटविङ होटल्स ग्रुप र सिलोन होटल्स कर्पोरेशनसँगको साझेदारी समेत मिलेको थियो। 

चौधरीले पुनः संकटकै बेलामा श्रीलंकामा लगानी गरेका छन्। अहिले श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक संकटका कारण त्यहाँ मच्चिएको आन्दोलनले केही अघि निकै उग्र रूप लिएको थियो। राष्ट्रपति गोटवाया राजपक्षे मुलुक नै छाडेर भागेका थिए। उनको निवास प्रदर्शनकारीले कब्जामा लिएका थिए।

श्रीलंकाको बाह्य क्षेत्र क्षतिग्रस्त अवस्थामा छ। पछिल्लो तथ्यांक अनुसार मुलुकको शोधनान्तर ५ अर्ब ४८ करोड ९० लाख अमेरिकी डलर ऋणात्मक छ। यस्तै अक्टोबरमा मुद्रास्फीति दर ४९.७० प्रतिशत पुगेको छ। निरन्तर जारी आयात प्रतिबन्ध, बढ्दो मुद्रास्फीति र विदेशी मुद्राको सञ्चितिमा ह्रास आएका कारण देशका सबै जसो उद्योगहरूको व्यवसाय संकुचित छ।

जसलाई काउन्टर गर्न श्रीलंकाको केन्द्रिय बैंकले बैंक वित्त संस्थाहरुको नीतिगत दर उल्लेख्य रुपमा बढाएको हो। डिसेम्बर १६ सम्म बैंकहरुले लिने स्थायी तरलता सुविधा एसएलएफ दर साढे १५ प्रतिशत छ। बैंक रेट ३०.२२ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको ब्याजदर ३२.८० प्रतिशत पुगेको छ। 

वाणिज्य बैंकहरुले लिने कर्जाको औसत ब्याजदर २८.३१ प्रतिशत पुगेको हो। १७.५९ प्रतिशतसम्म मुद्दती निक्षेपमा दिन थालेका छन्। युनियन बैंक स्वयमंले १७/१८ प्रतिशत ६ महिने मुद्दतीमा दिने गरेको छ। त्यही ३० प्रतिशत कर्जाको ब्याजदरमा असुल्ने गरेको छ।

यस्तो छ युनियन बैंकको पछिल्लो अवस्था

२०२२ को तेस्रो त्रैमासको अन्त्यसम्म बैंकले २२ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर सो अवधिमा बैंकको खुद नाफा ६१ करोड ३९ लाख रुपे थियो। ६३ प्रतिशतभन्दा बढीले बैंकको नाफा घटेको हो। 

खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढ्दा पनि बैंकको नाफा भने खुम्चिएको छ। पोहोरको तुलनामा स्प्रेड दर बढ्दा पनि बैंकको नाफा साँधुरिएको हो।

विशेषगरी खराब कर्जाको अनुपात ह्वात्तै बढेका कारण नाफा प्रभावित भएको हो। प्रोभिजनिङ १६९ प्रतिशतले बढेको छ। निष्क्रिय कर्जाको अनुपात पनि ७.९२ प्रतिशत छ।

खर्चको वृद्धि पनि उल्लेख्य छ। सञ्चालन खर्च साढे ३० प्रतिशत बढ्यो। यसले सञ्चालन मुनाफा २१ प्रतिशत घटेको हो।

नाफा घटेका कारण बैंकको प्रति सेयर आम्दानी पनि खुम्चिएको छ। ०.५७ रुपेको प्रति सेयर आम्दानी ०.२१ रुपेमा सीमित छ। बैंकको प्रति सेयर नेटवर्थ भने बढेर १७.३२ रुपैयाँ पुगेको छ।

नाफा खुम्चिएका कारण बैंकको रिटर्न अन एसेट र रिटर्न अन इक्विटी दुवै घटेका छन्। जसको असर सेयर मूल्यमा पनि उल्लेख्य परेको छ। 

पाँच वर्षको व्यवसायिक वृद्धि र ट्रेण्ड: