BIZMANDU
www.bizmandu.com

यामाहाको एफजी र रेजेड सिरिजको व्यापार चम्किँदा एमएडब्लु इन्टरप्राइजेजको कारोबार करिब १७ अर्ब

२०७९ पुष १

यामाहाको एफजी र रेजेड सिरिजको व्यापार चम्किँदा एमएडब्लु इन्टरप्राइजेजको कारोबार करिब १७ अर्ब
यामाहाको एफजी र रेजेड सिरिजको व्यापार चम्किँदा एमएडब्लु इन्टरप्राइजेजको कारोबार करिब १७ अर्ब



काठमाडौं। यामाहाको दुई पांग्रे र स्कोडाको प्यासेन्जर भेहिकल बिक्री गर्ने एमएडब्लु इन्टरप्राइजेज प्रालिले एकै वर्ष करिब १७ अर्ब रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। 

Tata
GBIME
NLIC

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले २०२१/२२ मा १६ अर्ब ८५ करोड रुपैयाँको व्यापार गरेको छ। २०२१ मा कम्पनीले १५ अर्ब ४४ करोड रुपैयाँ, २०२० मा ८ अर्ब ८२ करोड ५० लाख रुपैयाँ र २०१९ मा १० अर्ब ४७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। 

एफजी सिरिज र रेजेड सिरिजको स्कुटरको व्यापार चम्किँदा कम्पनीको वित्तीय अवस्था लोभलाग्दो बनेको छ। २०२२ मा कुल बिक्रीको ५३ प्रतिशत एफजी सिरिज र २५ प्रतिशत हिस्सा रेजेड सिरिजको छ। यस्तै, २०२२ मा कुल आम्दानीको १३ प्रतिशत भने कम्पनीले प्यासेन्जर भेहिकल (स्कोडा डिभिजन) बाट आर्जन गरेको छ। 

कारोबारमा उछाल देखिएपनि २९२२ मा कम्पनीको कुल नाफा भने १५ प्रतिशतबाट १२ प्रतिशतमा झरेको छ। कम्पनीको एउटा आफैंले सञ्चालन गरिरहेको शोरुम काठमाडौंमा छ। कम्पनीले दुई पांग्रे सवारीसाधन बेच्न देशभर १०४ वटा क्षेत्रीय डिलरसीप दिएको छ। कम्पनीमा अग्रवाल परिवारका तीन जना सदस्यको स्वामित्व छ। कम्पनीको प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल हुन्। 

कम्पनीले ४ अर्ब २१ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। इक्राले कम्पनीको रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ। 

तरलता अभाव, उच्च ब्याजदरका साथै सवारीसाधनको लागत महँगिएकाले कम्पनीलाई जोखिम रहेको इक्रा नेपालको विश्लेषण छ। सरकारले १५० सीसी माथिको दुई पांग्रे सवारीसाधन र निजी गाडीको आयातमा प्रतिबन्ध लगाउँदा कम्पनीको आम्दानी स्रोतमा २० प्रतिशतले धक्का पुगेको छ। २०२२/२३ को पहिलो त्रैमासमा कम्पनीको आम्दानी ६१ प्रतिशतले घट्ने अपरिष्कृत विवरण रेटिङ विवरणमा उल्लेख गरेको छ।