BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल नियुक्त 

२०७९ मंसिर २९

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल नियुक्त 
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल नियुक्त 


काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरीप्रसाद नियुक्त भएका छन्। नेपाल सरकारको मंसिर १९ गतेको निर्णयअनुसार अर्याललाई नियुक्त गरेको कम्पनीले जनाएको छ। 

Tata
GBIME
NLIC

अर्को व्यवस्था नभएसम्मका लागि रिक्त रहेको अध्यक्ष पदको कामकाज गर्न उनलाई जिम्मा दिइएको हो। यसअघि अर्याल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव हुन्।

अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका उनी कम्पनीको संचालक सदस्यसमेत थिए।

नेपाल री-इन्स्योरेन्सको अध्यक्षबाट रवीन्द्र घिमिरे हालै राजीनामा दिएपछि पद रिक्त थियो। कोरोना बीमाको दाबी भुक्तानीका लागि थप रकम नदिने भनाइ कम्पनीका तर्फबाट सार्वजनिक भएको थियो।

सरकारले एक अर्ब निकासा गरेर कम्पनीहरु वितरणका लागि तयार भएका बेला पुनर्बीमाको अडान विवादमा परेको थियो। दबाब आउन थालेपछि घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका थिए।