BIZMANDU
www.bizmandu.com

राठी समूहको अन्नपूर्ण केबल्सको कारोबार साढे २ अर्ब नाघ्यो, सोही बराबर ऋणलाई रेटिङ

२०७९ मंसिर २८

राठी समूहको अन्नपूर्ण केबल्सको कारोबार साढे २ अर्ब नाघ्यो, सोही बराबर ऋणलाई रेटिङ
राठी समूहको अन्नपूर्ण केबल्सको कारोबार साढे २ अर्ब नाघ्यो, सोही बराबर ऋणलाई रेटिङ

काठमाडौं। राठी र अन्नपूर्ण ब्राण्डको केबल उत्पादन गर्ने अन्नपूर्ण केबल्स इन्डस्ट्रिज प्रालिले एकैवर्ष २ अर्ब ५४ करोड ९० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
Nepal Life

विराटनगरमा प्लान्ट रहेको यो कम्पनीले विभिन्न प्रकृतिका केबल उत्पादन गरी बिक्री गर्छ। कम्पनीले २०२१ मा १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ र २०२० मा १ अर्ब २६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले घरको वायरिङ केबल, पावर केबल, एबीसी/एसीएसआर केबल र कन्सेन्ट्रिक केबल बेच्छ।

अन्नपूर्ण केबल्सले भारत तथा मध्यपूर्वी देशहरुबाट आवश्यक कच्चा पदार्थ रड, कप्पर रड, स्टिल वायर, पीभीसी र एक्सएलपीइ कम्पाउन्ड आयात गर्छ। विगत दुई वर्षमा कुल उत्पादन खर्चको ८५ प्रतिशत हिस्सा कच्चा पदार्थले ओगट्ने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो २०१ डिस्ट्रिब्युटर मार्फत् देशभर उत्पादन बिक्री गर्छ। कम्पनीको अध्यक्ष श्याम राठी हुन् भने जितेन्द्र कुमार राठी निर्देशक हुन्। श्याम राठी राधाकृष्ण पोलिमरको अध्यक्ष र जितेन्द्र कुमार राठी जयगंगा टुर र ट्राभल प्रालिको निर्देशक समेत हुन्।

कम्पनीले २ अर्ब ५६ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट रेटिङ पाएको छ। ४५ करोड ८७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी र २१ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।