BIZMANDU
www.bizmandu.com

महालक्ष्मी लाइफले रमेशकुमार भट्टराईलाई अर्को चार वर्षका लागि पुन: प्रमुख कार्यकारी बनायो

२०७९ मंसिर २३

महालक्ष्मी लाइफले रमेशकुमार भट्टराईलाई अर्को चार वर्षका लागि पुन: प्रमुख कार्यकारी बनायो
महालक्ष्मी लाइफले रमेशकुमार भट्टराईलाई अर्को चार वर्षका लागि पुन: प्रमुख कार्यकारी बनायो


काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई पुन: नियुक्त भएका छन्।

Tata
GBIME
NLIC

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई चार बर्षको अर्को कार्यकालको लागि पुन: नियुक्त गरेको हो। महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स गाभिँदैछन्। गाभिएपछि पनि भट्टराई नै प्रमुख कार्यकारी हुने यसअघि नै निर्णय भइसकेको थियो।

२०३९ सालमा नेपाल बैंकबाट अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका भट्टराईको 'इनिसिएसन' मा महालक्ष्मी लाइफ इन्स्योरेन्स खुलेको हो।

उनले बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्वमा बसेर काम गरेका छन्। महालक्ष्मी विकास बैंक पनि उनकै पहलमा खुलेको थियो। 

२०५२ मंसिर १४ गते महालक्ष्मीले राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएको थियो, महालक्ष्मीले फाइनान्सका रुपमा लाइसेन्स पाएको थियो, मर्जरपछि विकास बैंक बनेको हो।

तत्कालिन महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। नेपालको जीवन बीमा कम्पनीमा पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत भट्टराई भएका थिए।

त्यसपछि भट्टराई एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भए। त्यहाँ छाडेर उनी फेरि महालक्ष्मीमा फर्किएका थिए।

महालक्ष्मीलाई पछिल्लो समय यति डेभलपमेन्टमा गाभेर उनी प्रमुख कार्यकारी अधिकृत भएका थिए। महालक्ष्मी विकास बैंक छाडेर उनी महालक्ष्मी लाइफको नेतृत्वमा आएका हुन्।