BIZMANDU
www.bizmandu.com

मोलुङ हाइड्रोपावरले पायो प्राथमिक निष्कासनको स्वीकृति, ३५ करोडको आइपीओ ल्याउने

२०७९ मंसिर २१

काठमाडौ। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंसिर १५ गते जारी पुँजीको ४४ प्रतिशत आइपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो।

GBIME
Tata

बोर्डबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अबको केही समयमानै ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्ने छ।

कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० का दरले आइपीओ जारी गर्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

योसँगै चालु आर्थिक वर्षको यो अवधी सम्म आइपीओका लागि १२ कम्पनीले स्वीकृति पाएका छन्। यी कम्पनीहरुले २ अर्ब ४५ करोड बराबरको आइपीओ जारी गर्ने स्वीकृति बोर्डबाट पाएका हुन्।