काठमाडौं। टेस्लाले आफ्नो पावरफुल इलेक्ट्रिक ट्रक अर्डर गरेको ५ वर्षपछि पेप्सीलाई डेलिभरी गरेको छ। पेप्सीले डिसेम्बर २०१७ मा १०० ट्रकको अर्डर गरेको थियो। यो ट्रक २०१९ मा डेलिभरी गर्ने भनिए पनि कोरोनाका कारण ढिला भएको थियो।
कम्पनीका अनुसार यो पावरफुल इलेक्ट्रिक ट्रक सामान्य ट्रकभन्दा ३ गुणा शक्तिशाली छ। यो ट्रकले प्रति घन्टा ० देखि ९७ किलोमिटरको गतिमा गुड्ने क्षमता उपलब्ध छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ८०५ किलोमिटरसम्म चलाउन सकिन्छ।
यसमा ट्रयाक्सन कन्ट्रोल, ब्याट्री एफिसिएन्सी बढाउनका लागि रिजनरेटिभ ब्रेकिङ, सीमलेस हाईवे ड्राइभिङका लागि अटोमेटिक क्लच, राम्रो भिजिबिलिटीका लागि युनिक सेन्ट्रल सिटिङ, दुवैतर्फ ठूलो स्क्रिन, कप होल्डर्स र वायरलेस फोन चार्जरको सुविधाहरु पनि प्रदान गरिएको छ।
कम्पनीले यसमा नयाँ लिक्विड कुल्ड चार्जिङ कनेक्टरको निर्माण गरेको छ।
यसको मूल्य करिब १५ लाख डलर छ। नेपाली मूल्य भने यसको १९ करोडभन्दा धेरै पर्न आउँछ।