काठमाडौं। सुनको मूल्य फेरि बढ्न थालेको छ। बिहीबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९८ हजार एकसय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बिहीबार तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ कायम छ। बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुनको प्रतिऔंस १७७९.७९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.३२ डलर छ। बुधबार सुन प्रतिऔंस १७५४ डलर र चाँदी प्रतिऔंस २१.२५ डलर थियो ।