BIZMANDU
www.bizmandu.com

युनाइटेडबाट कार्यकारी अधिकृतको पद छाडेकी पौडेल हिमालयन रि इन्स्योरेन्सको डेपुटी सीइओ

२०७९ मंसिर १४

युनाइटेडबाट कार्यकारी अधिकृतको पद छाडेकी पौडेल हिमालयन रि इन्स्योरेन्सको डेपुटी सीइओ
युनाइटेडबाट कार्यकारी अधिकृतको पद छाडेकी पौडेल हिमालयन रि इन्स्योरेन्सको डेपुटी सीइओ


काठमाडौं। युनाइटेड इन्स्योरेन्सको कम्पनीको प्रमुख कार्यकारी अधिकृत छाडेकी उपासना पौडेल हिमालयन रि-इन्स्योरेन्स कम्पनीको डेपुटी सीइओमा नियुक्त भएकी छन्।

Tata
GBIME

गत महिनामात्र उनले युनाइटेडबाट राजीनामा दिएकी थिइन। हिमालयनको संचालक समितिको मंगलबार बसेको बैठकले पौडेललाई डेपुटी सीइओमा नियुक्त गरेको हो।

पौडेल नेपालको बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन्।

पौडेलले दिल्ली युनिभर्सिटीबाट एमबीए गरेकी छन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ। उनले भारतको टेलिकम कम्पनी भोडाफोनमा पनि काम गरिसकेकी छन्।