BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यकाको खोला किनारमा रहेका अवैध संरचना ३५ दिनभित्र खाली गर्न सूचना

२०७९ मंसिर १४

काठमाडौं उपत्यकाको खोला किनारमा रहेका अवैध संरचना ३५ दिनभित्र खाली गर्न सूचना
काठमाडौं उपत्यकाको खोला किनारमा रहेका अवैध संरचना ३५ दिनभित्र खाली गर्न सूचना


 

TATA
GBIME

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै अनधिकृत संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो।

काठमाडौं उपत्यका भित्रका सरकारी, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न उक्त सूचनामा उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार समयावधिमा नहटाए प्राधिकरणले हटाइ सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिनेछ।

यसैगरी प्रधिकरणले उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तारमार्फत उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्य राखेको जनाएको छ। साथै उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको पनि प्राधिकरणले जनाएको छ।


Sunrise Bank