BIZMANDU
www.bizmandu.com

कालिञ्चोक दर्शनले प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि आजबाट सेयर जारी गर्‍यो

२०७९ मंसिर १४

कालिञ्चोक दर्शनले प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि आजबाट सेयर जारी गर्‍यो
कालिञ्चोक दर्शनले प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि आजबाट सेयर जारी गर्‍यो

काठमाडौं। कालिञ्चोक दर्शनले आजबाट सेयर जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि  एकैपटक आइपीओ जारी गरेको हो। 

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौंपटक संशोधन गरी वैदेशिक रोजगारीका श्रमिकका लागि पनि आइपीओ खरिदमा सहभागिताको कोटा छुट्याएको छ।

त्यसलाई कालिञ्चोकले आइपीओमा समेट्ने भएको हो। वैदेशिक रोजगारीका श्रमिकले पहिलो पटक आइपीओमा आवेदन दिँदैछन्। उनीहरुलाई कम्पनीले कुल जारी हुने प्राथमिक निष्कासनको १० प्रतिशत पाउनेछन्। 

कालिञ्चोक दर्शनले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत आयोजना प्रभावितका लागि आइपीओ निष्कासन गर्दैछ। जसअनुसार उनीहरुले १ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।

वैदेशिक रोजगारीका श्रमिकले भने जारी हुने कुल सर्वसाधरण सेयर मध्येको १० प्रतिशत पाउने हुन्। कम्पनीले उनीहरुको लागि १ लाख ८ हजार कित्ताका लागि आवेदन दिनेछन्। कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्कासन गर्दैछ।

आयोजना प्रभावितहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीले भने धेरैमा १० हजार ८०० कित्तासम्मका लगि आवेदन दिन सक्नेछन्।

आइपीओ छिटोमा मंसिर २८ गते बन्द हुनेछ। पर्याप्त आवेदन नपरे पुस १४ सम्म लम्बाइने कम्पनीले जनाएको छ।