BIZMANDU
www.bizmandu.com

समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो, समाजवादी थ्रेसहोल्डमै संघर्षरत

२०७९ मंसिर १४

समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो, समाजवादी थ्रेसहोल्डमै संघर्षरत
समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो, समाजवादी थ्रेसहोल्डमै संघर्षरत


काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फ करिब एक करोड मतगणना सम्पन्न गरेको छ। मंगलबार राति ११ बजेसम्म ९९ लाख ८८ हजार ५८५ मत सदर भइसकेको छ।

TATA
GBIME

निर्वाचन आयोगले एक करोड ९ लाख मत समानुपातिकमा खसेको अनुमान गरेको छ। गणना भएको मतको बदर संख्या आयोगले सार्वजनिक गरेको छ। 

कूल सदर मतको ३ प्रतिशत प्राप्त गर्ने दलले निर्वाचन कानुन अनुसार थ्रेसहोल्ड कटाएको मानिने छ। यसरी थ्रेसहोल्ड कटाउने दलको मात्र सिट गणनामा जाने छ। थ्रेसहोल्ड नकटाए उक्त मत सम्बन्धित दलमा गणना हुँदैन। 

आयोगका अनुसार पहिलो स्थानमा रहेको एमालेले २६ लाख ९२ हजार ४५५ मत पाएको छ। यस्तै, कांग्रेसले २५ लाख ४६ हजार ५१२ मत पाएर दोस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ४३ हजार ४३२ मत पाएको छ। 

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १४३ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ५८७ मत पाएको छ। 

सातौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार ३०५ मत पाएको छ। यस्तै, आठौंमा रहेको जनमत पार्टीले ३ लाख ४६ हजार ८९५ मत पाएको छ। हालसम्मको गणना अनुसार सदर मतको ३ प्रतिशत कटाउने दल आठवटा मात्र भएका छन्। 

नवौं स्थानमा रहेर एकीकृत समाजवादी थ्रेसहोल्डका लागि संघर्षरत छ। कूल २ लाख ८१ हजार ३०३ मत समाजवादीले पाएको छ। हालकै अनुपातमा मत पाएमा एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन कठिन देखिएको छ। 

समानुपातिक मत तालिकाको दशौं स्थानमा नागरिक उन्मुक्ति पार्टी छ। नागरिक उन्मुक्तिले २ लाख ४७ हजार ६९८ मत पाएको छ।


Sunrise Bank