BIZMANDU
www.bizmandu.com

बुढानिलकण्ठमा एक अर्बको कोलोनी निर्माण हुँदै, ६ देखि १२ अनाका २८ वटा ‘रेडि टु मुभ इन’ भवन

२०७९ मंसिर १३

बुढानिलकण्ठमा एक अर्बको कोलोनी निर्माण हुँदै, ६ देखि १२ अनाका २८ वटा ‘रेडि टु मुभ इन’ भवन
बुढानिलकण्ठमा एक अर्बको कोलोनी निर्माण हुँदै, ६ देखि १२ अनाका २८ वटा ‘रेडि टु मुभ इन’ भवन


काठमाडौं। सीडी इनोभेटिभ डिजाइन एण्ड कन्सट्रक्सन प्रालिले एक अर्ब रुपैयाँको लागतमा बुढानिलकण्ठमा आकृति कोलोनी अन्तर्गतको हेपाली हाइट प्रोजेक्ट निर्माण गरिरहेको छ। कोलोनीमा २८ वटा 'रेडी टु मुभ इन' भवन निर्माण भइरहेका छन्।

TATA
GBIME

कोलोनी करिब १५ रोपनीमा निर्माण भइरहेको छ। निर्माणाधीन प्लटहरुलाई ६ देखि १२ आनामा विभाजन गरिएका छन्। गत असोज अन्त्यसम्म प्रोजेक्टको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। आउँदो असार मसान्तसम्म प्रोजेक्ट सम्पन्न हुने प्रक्षेपण छ।

घरहरुको बिक्री अझै खुलेको छैन। आगामी डिसेम्बर देखि बुकिङ खुलाउने कम्पनीले जनाएको छ।

कोलोनीको निर्माण लागत १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ अनुमान गरिएको छ। जसका लागि कम्पनीले ६५ करोड ४७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

अनुमानित लागतको ३९ प्रतिशत संस्थापक स्वयमंले लगानी गरेका हुन्। प्रोजेक्टमा कर्जा र लगानीको संरचना ६१:३९ प्रतिशत छ। जसमध्ये ६१ प्रतिशत कर्जाको अनुपात हो। बाँकी ३९ प्रतिशत कम्पनीहरुका संस्थापकको स्वपुँजी हो।


Sunrise Bank