BIZMANDU
www.bizmandu.com

कोरोना बीमाको रकम कुन कम्पनीले कतिलाई गर्दै छन् भुक्तानी ? संख्यासहित


कोरोना बीमाको रकम कुन कम्पनीले कतिलाई गर्दै छन् भुक्तानी ? संख्यासहित
कोरोना बीमाको रकम कुन कम्पनीले कतिलाई गर्दै छन् भुक्तानी ? संख्यासहित


काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले कोभिड बीमाको बाँकी भुक्तानी वितरण सुरु गरेका छन्। कम्पनीहरुले मंगलबारदेखि दाबी भुक्तानी बक्यौता रहेकाहरुको सूची बनाएर वितरण थालेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल सरकार र बीमा कम्पनीहरुबाट जम्मा भएको रकम करिब १ अर्ब २७ करोड रुपैयाँ दाबी फर्छ्यौट गर्न लागिएको हो। सरकार र बीमा प्राधिकरणको निर्देशन अनुसार कोरोना बीमाको बाँकी दाबी भुक्तानी वितरण हुन लागेको बीमक संघले जनाएको छ।

लामो समयदेखि नेपाल सरकारको दायित्व रहेको दाबी भुक्तानी बापतको रकम बीमा कम्पनीहरुले पनि व्यहोर्न लागेका हुन्। नेपाल बीमक संघका अनुसार सरकारले दिएको दिएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानी थप रकम बीमा कम्पनी २५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनी १२ प्रतिशत र बीमा प्राधिकरणले ८ प्रतिशत रकम तिर्नुपर्ने भनेका थिए।

हाल नेपाल पुनर्बीमा कम्पनी १२ प्रतिशत रकम नतिर्ने अडानमा छ। बीमा कम्पनीहरुले पनि २५ प्रतिशत दायित्व स्वीकार नगरी अग्रिम भुक्तानी रुपमा २ करोड २७ लाख रुपैयाँ दिने निर्णय गरेका छन्।  

जसमा बीमा कम्पनीहरुले एकल तथा पारिवारिक बीमालेख दाबीकर्तालाई मात्र भुक्तानी गर्ने बीमा प्राधिकरणको निर्देशन छ। यस रकम वितरणको लागि नेपाल बीमा प्राधिकरणले नयाँ मापदण्ड तयार पारेको हो। यसैका आधारमा आजदेखि निर्जीवन बीमा कम्पनीहरुले राष्ट्र सेवक कर्मचारी संघ सस्थाका कर्मचारीलाई दोस्रो प्राथमिकता दिएर अर्को पटक रकम वितरण गर्ने जनाएका छन् ।

हाल बीमा कम्पनीहरुले व्यक्तिगत र परिवारबाट परेका दाबीहरुमा केही प्रतिशतलाई मात्र रकम वितरण गर्न लागेको नेपाल बीमक संघले जनाएको छ। कम्पनीहरुमा व्यत्तिगत तथा परिवारिक बीमालेखबाट २५ हजार ८४ वटा दाबी फर्छ्यौट गर्न बाँकी छ। त्यसमध्ये कम्पनीहरुले १८ हजारभन्दा धेरैलाई रकम वितरण गर्दैछन् ।  

कम्पनीहरुले दाबी भुक्तानी कोरोना बीमा पुलबाट वितरण गर्छन्। जसमा व्यक्तिगत, पारिवारिक, सरकारी कर्मचारी र संघसस्था गरी एक लाख ४१ हजार भन्दा धेरै दाबी परेको थियो।

साथै, कम्पनीहरुले पहिले कोरोना पोजेटिभ रिपोर्ट दर्ता गर्ने बीमितहरुले यो चरणमा भुक्तानी प्राप्त गर्ने छन्। जसमा नेको इन्स्योरेन्सले मंसिर १३ देखि पुस १ गतेसम्म कोभिडको दाबी भुक्तानी गर्दै छ। कम्पनीले दैनिक एक सय जनालाई करिब १५ सय ५ जनालाई भुक्तानी गर्ने जनाएको छ। अजोड इन्स्योरेन्सले पनि प्राधिकरणको निर्देशनअनुसार बीमितलाई वितरण गर्ने कम्पनीले जनाएको छ।

कुन कम्पनीले कति संख्यालाई दिँदैछन् ?

अजोड इन्स्योरेन्सले १२ सय ९८ जनालाई दाबी भुक्तानी गर्न लागेको छ। कम्पनीमा करिब १८ सय ८२ वटा दाबी बाँकी थियो। अब कम्पनीले व्यक्तिगत तथा पारिवारिक बीमितहरु ५ सय ८४ जनालाई दाबी भुक्तानी गर्न बाँकी छ। 

एभरेष्ट इन्स्योरेन्सले ६ सय ५९ जनालाई दाबी भुक्तानी गर्ने भएको छ। जनरल इन्स्योरेन्नसले ११ सय २४ जनामध्ये ८ सय ३० जनालाई भुक्तानी गर्ने छ। हिमालयन जनरल इन्स्योरेन्सले १७ सय २४ मध्ये ११ सय जनालाई भुक्तानी गर्दैछ।

आईएमई जनरल इन्स्योरेन्सले ९ सय ८२ जनामध्ये हाल ७ सय १५ जनालाई भुक्तानी गर्ने भनेको छ।

लुम्बिनीले ७ सय २८ मध्ये ५ सय ५० भन्दा जनालाई, नेशनल इन्स्योरेन्सले २ भन्दा बढी, नेको इन्स्योरेन्सले २३ सय १३ मध्ये १५ सय ५ जनालाई, नेपाल इन्स्योरेन्सले १२ सयमध्ये ४ सय जनालाई, एनएलजी इन्स्योरेन्सले ३ सय ४६ जनालाई र ओरियन्टल इन्स्योरेन्सले करिब २ सय जनालाई दाबी भुक्तानी गर्दैछ।

साथै, प्रभु इन्स्योरेन्सले ३ सय जनाभन्दा बढीलाई कोरोनाको दाबी भुक्तानी गर्ने भएको छ।

कोरोना बीमाको दाबी भुक्तानी सबैभन्दा धेरै ६ वटा कम्पनीका बाँकी छन्। ती कम्पनी शिखर, सगरमाथा, राष्ट्रिय बीमा कम्पनी, नेको, अजोड र हिमालयन जनरल हुन् ।

यीमध्ये मर्जरमा गएका कम्पनीले दुवै कम्पनीको दाबी भुक्तानी गर्नुपर्ने बीमक संघले जनाएको छ। यसका लागि संघले मर्जर भएका कम्पनीको नयाँ नामबाट चेक तयार गरेको जनाएको छ।