BIZMANDU
www.bizmandu.com

सीएनआई प्रदेश १ को युवा उद्यमी मञ्चमा अनमोल प्रधान, प्रविधि जोडेर उद्यमशीलता विकास गर्ने

२०७९ मंसिर १३

सीएनआई प्रदेश १ को युवा उद्यमी मञ्चमा अनमोल प्रधान, प्रविधि जोडेर उद्यमशीलता विकास गर्ने
सीएनआई प्रदेश १ को युवा उद्यमी मञ्चमा अनमोल प्रधान, प्रविधि जोडेर उद्यमशीलता विकास गर्ने

विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश १ अन्तर्गतको युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ)को अध्यक्षमा विराटनगरका अनमोल प्रधान निर्वाचित भएका छन्।

Tata
GBIME
Nepal Life

सोमबार विराटनगरमा भएको युवा उद्यमीको भेलाले प्रधानका अध्यक्षतामा ७ सदस्यीय प्रदेश समितिको गठन गरेको हो। समितिका सदस्यमा सोनम शेर्पा, सुसन प्रधान, मुनन रिजाल, विशाल मित्तल, शंशाक वंशल र रजत सहेवाल छन्।

यो संस्थाको केन्द्रीय समितिपछि प्रदेश १ को प्रदेश समिति दोस्रो कार्यसमिति हो। नवनिर्वाचित अध्यक्ष प्रधानले मञ्चमा ४० युवा उद्योगी आबद्ध भएको जानकारी दिए।

प्रधानले युवा उद्यमीहरूले ताजा र प्रभावकारी विचारको योगदान गर्ने तथा नेपाली व्यवसायीको हक, हित र भविष्यका लागि प्रतिक्रिया दिन सक्ने विश्वास व्यक्त गरे। उनले मञ्चको उद्देश्य उत्साही युवा उद्यमीलाई आधुनिक प्रविधिसित जोडेर उद्यमशीलताको विकास गर्न योगदान गर्ने रहेको स्पष्ट पारे।

समितिको पदस्थापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरे।