BIZMANDU
www.bizmandu.com

हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७०% लाभांश दिने, बुक क्लोजका लागि मिति तय गर्यो

२०७९ मंसिर ९

काठमाडौं। हिमालयन डिष्टिलरीले लिमिटेडले गत आथिक वर्षका लागि कुल ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको  शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सो घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

उक्त लाभांश मध्ये कम्पनीले लगानीकर्तालाइ चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर (१० कित्ता बराबर ६ कित्ता) र १० प्रतिशत(करसहित) नगद लाभांश वितरण गर्ने छ।

कम्पनीले वितरण गर्ने प्रतिफलको दर  अघिल्लो वर्ष वितरण गरेको लाभांशको तुलनामा  घटेको छ।

अघिल्लो आर्थिक वर्ष अर्थात २०७७/२०७८ मा कम्पनीले लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गर्न लागेको उक्त लाभांश आगामी २२ औं साधारण सभाबाट अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्ने छ। २२औं साधारणसभा पुस २७ गते डाकेको छ। कम्पनीको साधारणसभा वीरगञ्ज महानगरपालिका २१ लिपनिविर्तास्थित कम्पी रजिष्टर्डको कार्यलयमा संचालन हुने जानकारी कम्पनीले दिएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ। तसर्थ उक्त दिन भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुने छन्।