BIZMANDU
www.bizmandu.com

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ५ लाख मत, अरु दलले कति ल्याए?

२०७९ मंसिर ९

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ५ लाख मत, अरु दलले कति ल्याए?
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ५ लाख मत, अरु दलले कति ल्याए?

काठमाडौं। गत आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा एमालेले अग्रता कायम राखेको छ।

Tata
GBIME
Nepal Life

समानुपातिकतर्फको मतगणनामा सुरुवातदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म १० लाख ७५ हजार ४१३ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। हालसम्म कांग्रेसले १० लाख २८ हजार १८५ मत पाएको छ।

रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख मत कटाएको छ। हालसम्म यो पार्टी ५ लाख ८ हजार ७६९ मत पाउँदै तेस्रो स्थानमा छ।

त्यस्तै, चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ७३ हजार १३६ मत पाएको छ भने पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७१ हजार ५४२ मत पाएको छ। यो अवधिसम्ममा जनता समाजवादी पार्टी नेपालले १ लाख ३१ हजार ४५१ मत ल्याएको छ।

त्यस्तैगरी, जनमत पार्टीले ७९ हजार २८४, नागरिक उन्मुक्ति पार्टीले ७९ हजार २३८, एकीकृत समाजवादीले ७६ हजार ३१९ र नेपाल मजदुर किसान पार्टीले ५७ हजार ५५९ मत पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५५ हजार ९७९ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३२ हजार ८३८ मत पाएको छ।

राष्ट्रिय जनमोर्चाले भने २९ हजार ९२० मत पाएको छ भने मंगोल नेशनल अर्गनाइजेसनले २० हजार ९३४ मत पाएको छ भने नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादीको ११ हजार ५७९ मत पाएको छ। नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायत दलहरुको समानुपातिकतर्फको मत संख्या १० हजारभन्दा कम छ।