BIZMANDU
www.bizmandu.com

स्वर्णिम वाग्ले घरजग्गामा लगानी नियन्त्रणको पक्षमा, ‘गभर्नरज्यू उपयुक्त निर्णय लिनुहोला’

२०७९ मंसिर ९

स्वर्णिम वाग्ले घरजग्गामा लगानी नियन्त्रणको पक्षमा, ‘गभर्नरज्यू उपयुक्त निर्णय लिनुहोला’
स्वर्णिम वाग्ले घरजग्गामा लगानी नियन्त्रणको पक्षमा, ‘गभर्नरज्यू उपयुक्त निर्णय लिनुहोला’


काठमाडौं। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले ‘रेमिटेन्स इकोनोमी’ फैलिँदा अर्थतन्त्रमा विकृति बढेकाले नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनले रेमिटेन्सको रकम उपभोग र घरजग्गामा जाँदा समस्या भएको बताए।

Tata
GBIME
NLIC

‘वैदेशिक रोजगारीमा जानेको संख्या दैनिक बढ्दै जाँदा रेमिटेन्सको विकल्प खोज्ने काम भएन,’ इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडीजको ४४औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा बोल्दै उनले भने, ‘दैनिक पाँच सय विदेश जानेको संख्या अहिले बढेर दुई हजार पुगिसकेको छ। त्यसरी विदेशमा श्रम गरेको पैसा सही ठाउँमा प्रयोग नहुँदा समस्या बढेको हो।’

वाग्लेले घरजग्गालाई छिटो नाफा कमाइने वस्तु मान्दा सबैजना जग्गा दलालजस्तै बनेको समेत टिप्पणी गरे।

‘घरजग्गालाई छिटो नाफा कमाइने वस्तु मान्दा हामी एकपटक सबै जग्गा दलालजस्तै बनेका थियौं। यसबाट धेरैले फाइदा लिइसकेका छन्,’ उनले भने, ‘अब यसलाई नियन्त्रण गर्नुपर्छ।’ वाग्ले घरजग्गामा लगानी नियन्त्रण गर्दा समेत सुरक्षित योजना भने बनाउनुपर्ने बताउँछन्।

‘घरजग्गामा हार्ड ल्यान्ड गर्ने की सफ्ट भन्ने छलफलको विषय होला,’ उनले भने, ‘यसमा गभर्नरज्यूले उपयुक्त निर्णय लिनुहोला।’ उनले पछिल्लो समयमा नेपाल श्रीलंका बन्ने हल्लाले केही सजग बन्ने प्रयास भएको समेत बताए।