BIZMANDU
www.bizmandu.com

लाभांशको प्रमुख एजेन्डासहित माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, मंसिर २७ गते बुक क्लोज

२०७९ मंसिर ९

लाभांशको प्रमुख एजेन्डासहित माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, मंसिर २७ गते बुक क्लोज
लाभांशको प्रमुख एजेन्डासहित माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, मंसिर २७ गते बुक क्लोज

काठमाडौं। माउन्टेन इनर्जी नेपालले पुस ८ गते साधारण सभा डाकेको छ। सभाबाट कम्पनीले लाभांशको मुख्य प्रस्ताव पारित गर्दैछ।

Tata
GBIME
Nepal Life

सभा बिहान १० बजेपछि आम्रपाली बैङक्वेटमा हुने कम्पनीले जनाएको छ। वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षक नियुक्ति बारे सभामा छलफल हुनेछ।

सामान्य प्रस्ताव बाहेक लाभांश अनुमोदन सभाको प्रमुख एजेन्डा हो। कम्पनीले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत नगद दिने प्रस्ताव अघि सारेको छ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्दैछ। मंसिर २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।