BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले ५ अर्बको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक ब्याजदर ११.२५ प्रतिशत

२०७९ मंसिर ८

ग्लोबल आइएमई बैंकले ५ अर्बको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक ब्याजदर ११.२५ प्रतिशत
ग्लोबल आइएमई बैंकले ५ अर्बको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक ब्याजदर ११.२५ प्रतिशत

काठमाडौं। ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले 'ग्लोबल आइएमई डिबेन्चर २०८४/८५' नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

Tata
GBIME
Nepal Life

बोर्डबाट निष्कासन अनुमति पाएपछि ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी बैंकको छ। 

बोर्डका अनुसार बैंकले जारी गर्ने सो ऋणपत्र मध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने छ भने ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको हो।

५ वर्ष अवधिको ऋणपत्रको वार्षिक व्याजदर ११.२५ प्रतिशत हुनेछ। यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल  छ।