BIZMANDU
www.bizmandu.com

सबैभन्दा ठूलो पानीको ब्राण्ड बिस्लेरी किनेर टाटा यस सेग्मेन्टको नम्बर १ बन्दै, एक खर्बको डिल

२०७९ मंसिर ८

सबैभन्दा ठूलो पानीको ब्राण्ड बिस्लेरी किनेर टाटा यस सेग्मेन्टको नम्बर १ बन्दै, एक खर्बको डिल
सबैभन्दा ठूलो पानीको ब्राण्ड बिस्लेरी किनेर टाटा यस सेग्मेन्टको नम्बर १ बन्दै, एक खर्बको डिल

तीन दशकसम्म सफ्ट ड्रिंक थम्स अप, गोल्ड स्पट र लिम्का देखि कोकाकोलासम्म बेचेका रमेश चौहानले  अन्तत: आफ्नो पानीको चर्चित ब्राण्ड बिस्लेरी टाटा कम्जुमर प्रोडक्सट्स लिमिटेडलाई बेच्दैछन्।

Tata
GBIME
Nepal Life

उनले अनुमानित ७० अर्ब भारु अर्थात १ खर्ब रुपैयाँमाथिको यो डिलका लागि बिगत २ वर्षदेखि टाटासँग  छलफल गरिरहेका थिए। अन्य कम्पनीहरु पनि बिस्लेरी ब्राण्ड किन्नका लागि आइरहेको भन्दै चौहान आफैले टाटालाई बेच्न लागेको बताएका हुन्।   

पानी कम्पनीहरुको जायन्ट मानिने बिस्लेरीलाई टाटा कन्जुमरले अक्वायर गरेपनि दुई वर्षसम्म हालकै व्यवस्थापनले निरन्तरता पाउने गरी सम्झौता भएको बताइएको छ।

८२ वर्षका चौहान केही समयदेखि अस्वस्थ छन् र उनका  उत्तराधिकारीले बिस्लेरीलांई अर्को तहको बिस्तारसम्म लान नसक्ने अवस्था नरहेको बताइएको छ।

छोरी जयन्ती बाबुको ब्यापारमा खासै इच्छुक नभएको उनले बताएका छन्। बिस्लेरी भारतकै सबैभन्दा ठूलो प्रशोधित पानीको उद्योग हो।

टाटा ग्रुपले बिस्लेरीलाई अझै बिस्तार गर्दै लैजाने र हालको अवस्थाभन्दा पनि राम्रो तहमा पुर्याउने चौहानले अपेक्षा गरेका छन्। उनले बिस्लेरी बेच्ने निर्णय आफ्ना लागि अझै पनि दुखद निर्णय भएको बताए।

'मलाई टाटा कम्पनीको मूल्य मान्यता तथा सिद्धान्त मन पर्ने भएकाले मैले अन्य खरिदकर्ताहरुले देखाएको रुचीलाई बेवास्ता गर्दै अन्तिममा टाटालाई कम्पनी बेच्ने निर्णय गरेको हुँ।'- उनले भने।

बिस्लेरी ब्राण्ड किन्नकालागि बिभिन्न समयमा रिलायन्स रिटेल, नेस्ले तथा डानोनले पनि रुची देखाएका थिए। चौहान र टाटा कन्जुमरबीच २ वर्षअघिदेखि यसबारे छलफल चलिरहेको थियो। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन र टाटा कन्ज्युमरका सिइओ सुनिल डिसुजासँग केही महिना अघि चौहानको कुराकानी भएको थियो। 'मलाई वहाँहरु मन पर्यो। वहाँहरु राम्रो व्यक्ति हुनुहुन्छ।'- चौहानले भने।

चौहानले बिस्लेरीमा कति पनि शेयर आफ्नो लागि नराख्ने बताएका छन्।

'सिंगो कम्पनी नै बेच्ने निर्णय गरिसकेपछि थोरै शेयर होल्ड गरेर राख्नुको के अर्थ?'- उनले भने।

चौहानले पानीको ब्यापारबाट हात झिकेपछि आफ्नो ध्यान वातावरण तथा परोपकारी कार्यमा लगाउने बताएका छन्। उनले अबको समय सिंचाई, प्लास्टिक रिसाइकल तथा गरिबहरुको स्वास्थ्योपचारमा लक्षित रहन चाहेको बताए।

सन् १९९३ मा कोकाकोलाले चौहान र उनका भाईबाट सबै पोर्टफोलियो किनेको थियो। उनीहरुसँग सिट्रा, रिमझिम र माज्जा ब्राण्ड पनि थियो।

टाटा कन्जुमर हाल एफएमसिजीतर्फ आक्रमक रुपमा अघि बढिरहेको छ। टाटा आफूले यस क्षेत्रमा टप थ्रीमा पर्ने लक्ष्य राखेको छ। यसले हिमालयन ब्राण्डको मिनरल वाटर बेच्दै आएको छ भने टाटा कपर प्लस वाटर र टाटा ग्लुको प्लस बेच्दै आएको छ। अब बिस्लेरी अक्वायर गरेपछि टाटा यस सेग्मेन्टमा नम्बर वान हुने बजार विश्लेषकहरुले अनुमान गरेका छन्।

चौहान भन्छन् -'यो डिल केवल पैसाको मात्र होइन। मलाई त अझै पनि त्यो पैसाले के गर्छु भन्ने थाहा छैन। मैले कम्पनी बेचेर पाउने मूल्य भन्दा पनि मैले जसरी नै कम्पनीलाई हुर्काउन सक्ने घर खोजेको हुँ। मैले जुन ब्यवसायलाई प्यासनका साथ अघि बढाएँ त्यसलाई उत्तिकै प्यासनका साथ अघि बढाउनेहरु पाएको छु।'

चौहानले कम्पनीको दैनिक ब्यवस्थापन सिइओ एन्गेलो जर्ज तथा उनको प्रोफेसनल टिमलाई सुम्पिएका थिए। 

सन् २०२३ मा कम्पनीको अनुमानति टर्नओभर २५ सय करोड भारु रहने बताइएको छ भने कम्पनीले २२० करोड नाफा गर्ने अनुमान गरिएको छ। बिजनेस इन्टेलिजेन्स प्लाटफर्म टफलरको तथ्यांक अनुसार सन् २०२१ को मार्चअन्त्यसम्ममा कम्पनीले ११८१.७ करोड र नाफा ९५ करोड भारु रहेको थियो।

बिस्लेरी वास्तवमा एक इटालियन ब्राण्ड हो जसले सन् १९६५ मा भारत प्रवेश गरेको थियो। चौहान परिवारले बिस्लेरी कम्पनीलाई सन् १९६९ मा अक्वायर गरेको थियो। कम्पनीको हाल  एकसय २२ प्लान्टहरु, ४५ सय बितरक तथा ५ हजार ट्रकहरुको संजाल रहेको छ। यसले भारत तथा छिमेकी देशहरुमा समेत पानीको बिक्री वितरण गर्दै आएको छ।