BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि , प्रतितोला ९८ हजार रुपैयाँ नजिक पुग्यो

२०७९ मंसिर ८


काठमाडौं। विवाहको सिजन सुरु भएपछि सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। 

Tata
GBIME
Nepal Life

बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ७५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १३८४.१४ डलर छ। चाँदी प्रतिऔंस २१.२५ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १२३४.५५ डलर र चाँदी प्रतिऔंस २०.९५ डलर थियो।