BIZMANDU
www.bizmandu.com

प्रुडेन्सियल इन्स्योरेन्स संचालक समितिमा दुई थपिए, विवेक बिजुक्छे र नमिता शर्मा सदस्य नियुक्त

२०७९ मंसिर ७

प्रुडेन्सियल इन्स्योरेन्स संचालक समितिमा दुई थपिए, विवेक बिजुक्छे र नमिता शर्मा सदस्य नियुक्त
प्रुडेन्सियल इन्स्योरेन्स संचालक समितिमा दुई थपिए, विवेक बिजुक्छे र नमिता शर्मा सदस्य नियुक्त


काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सञ्चालक समिति सदस्यमा दुई जना थपेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले सर्वसाधारण र संस्थापक सेयरधनीहरुको तर्फबाट एक-एक जनालाई सञ्चालक समितिमा ल्याएको हो।

कम्पनीका अनुसार संचालक समितिमा विवेक बिजुक्छे र नमिता शर्मा नियुक्त भएका छन्।

कम्पनीको संस्थापक समूह (क) बाट बिजुक्छे र सर्वसाधारण समूहबाट शर्मालाई संचालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले यी दुईलाई नियुक्त गर्ने निर्णय गरेको हो।