BIZMANDU
www.bizmandu.com

हस्पिटालिटीमा आइएमई समूहको आक्रामक लगानी, लाजिम्पाटको ‘ले हिमालय’ पनि लियो


हस्पिटालिटीमा आइएमई समूहको आक्रामक लगानी, लाजिम्पाटको ‘ले हिमालय’ पनि लियो
हस्पिटालिटीमा आइएमई समूहको आक्रामक लगानी, लाजिम्पाटको ‘ले हिमालय’ पनि लियो

काठमाडौं। आइएमई समूह हस्पिटालिटी क्षेत्रमा आक्रामक लगानी गर्न थालेको छ। चन्द्रागिरि रिसोर्ट संचालनमा ल्याएपछि यो समूहले देशभरका विभिन्न स्थानमा होटलमा लगानी गर्न थालेको छ।

Tata
GBIME
Nepal Life

चार महिनाअघि पोखराको 'द लेकसाइड रिट्रिट' किनेको यो समूहले लाजिम्पाटको 'ले हिमालय' ३० वर्षका लागि लिजमा लिएको छ। योसँगै समूहको तीन होटल भएको छ। 

समूहले गैंडाकोट र बुटवलमा पनि होटल निर्माण गर्दैछ। नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केबलकार र त्यहीँ होटल यही समूहले निर्माण गर्दैछ। यो समूहले लुम्बिनीमा केबलकारसहित पाँचतारे होटल निर्माण गर्दैछ।

समूह अन्तर्गतको वेस्ट रिसोर्टले 'ले हिमालय' होटलको व्यवस्थापन सम्हालिसकेको व्यवस्थापक अभिषेकविक्रम शाहले जानकारी दिए। 'हामीले व्यवस्थापन लिएर होटल संचालन गरिसकेका छौं। प्रिमियम सेवा दिने उद्देश्यसहित सिटी होटलमा हामी प्रवेश गरेका हौं,' उनले बिजमाण्डूसँग भने, 'आन्तरिक, बाह्य र कर्पोरेट गेस्टलाई लक्षित गरेर होटलको सेवा दिइरहेका छौं।'

होटलमा रहेको डिजाइन बाहेक खाना र आतिथ्यता सेवामा परिमार्जन गरेको उनले जानकारी दिए। चार रोपनी क्षेत्रफलमा रहेको होटलको संरचना सात तल्लाको छ।

होटलमा २५ वटा चारपांग्रे गाडी क्षमताको पार्किङ स्पेस छ। ६० कोठा क्षमताको होटलमा १ सय २५ जना क्षमताको बैंक्वेट हल, दुईवटा बोर्ड रुम, ४० जना क्षमताको सेमिनार हल, ओपन टेरियस लगायतको सुविधा रहेको उनले जानकारी दिए। होटलमा एउटा अपार्टमेन्ट, एउटा सुइट छ भने बाँकी रुम एक्जिक्युटिभ सुइट र डिलक्स छ। होटल तीनतारे स्तरको भए पनि सेवा पाँचतारे स्तरको हुने शाहले जिकिर गरे।

उनका अनुसार हाल होटलमा ६० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ।

२२ वर्षको इतिहास बोकेको यो होटल तिब्बती आवरणमा छ। विदेशीसँगै विशेष गरी चिनियाँ पर्यटक लक्षित यो होटल साढे चार वर्षअघि व्यवसायी भीमबहादुर रोकामगरले खरिद गरेका थिए।

एयरपोर्टबाट २० मिनेटको दुरीमा रहेको यो होटलमा दरबारमार्ग, ठमेल, स्वयम्भूनाथ लगायतबाट नजिक छ। सन् २००२ मा ग्याङजुङ होटलको नाममा स्थापना भएको हो। सन् २००९ मा संचालक परिवर्तन भए। त्यतिबेला नोर्बु कच्यौडा नेपालीले खरिद गरेका थिए। क्यानडा गएपछि उनले चिनियाँ नागरिकलाई होटल लिजमा दिएका थिए। चिनियाँले होटल चलाउन नसकेपछि केही समय व्यवसाय ठप्प जस्तै थियो।

आफूले चलाउन समय दिन नसकेपछि कच्यौडाले मगरलाई केही समयका लागि यो ‍होटल सञ्चालनको जिम्मा दिएका थिए। रोकाले सन् २०१८ मा एक वर्ष भाडामै लिएर चलाए भने दोस्रो वर्ष पूर्ण स्वामित्व लिएका थिए।