BIZMANDU
www.bizmandu.com

प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाटै संकलन गरे २८ अर्बभन्दा बढी

२०७९ मंसिर ६


काठमाडौं। जीवन बीमा कम्पनीहरुमा  नयाँभन्दा पुरानो बीमालेखबाट बीमाशुल्क (प्रिमियम) धेरै संकलन हुन थालेको छ ।

Tata
GBIME
Nepal Life

पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यवासाय नवीकरण शुल्कबाट प्रथम बीमाशुल्क कम  र नवीकरण शुल्क धेरै उठ्न थालेको  छ ।  कम्पनीहरुले नवीकरण शुल्कबाटै व्यवसाय धान्न पर्ने अवस्था रहेको छ। यति बेला बैंकिङ तरलताले गर्दा प्रथम बीमाशुल्क घट्न थालेको बीमा कम्पनीहरुले जनाएका छन् । 

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा  १९ जीवन  बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट २८ अर्बभन्दा बढी शुल्क संकलन गरेका छन्। यो अवधिमा  कम्पनीहरुले प्रथम बीमा शुल्कबाट ७ अर्ब ९ करोड रुपैयाँ संकलन गरेका छन्। १ करोड ३८ लाख ८३ हजार २ सय ५६ वटा बीमालेखबाट कुल बीमाशुल्क ३५ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तिय विवरणमा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेका हुन्।

असोज महिनामा मात्र कम्पनीहरुले प्रथम बीमा शुल्कबाट २ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेका थिए । नविकरण शुल्कबाट ७ अर्ब ४५ करोड रुपैयाँ  थियो।

चालु आर्थिक वर्षको ३ महिनामा बीमालेख  नविकरण गरेर नेपाल लाइफले ८ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ।प्रथम बीमा शुल्क एक अर्ब ३५ करोड रुपैयाँ छ। लाइफ कर्पोरेशन ४ अर्ब रुपैयाँ नवीकरण शुल्क संकलन गरेको छ। कम्पनीको प्रथम बीमा शुल्क ५२ लाख ६२ हजार रुपैयाँ छ। 

नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ५३ करोड रुपैयाँ नविकरण शुल्क सकंलन गरेको छ ।एशियन लाइफ इन्स्योरेन्सले एक अर्ब ३८ करोड  युनियन लाइफले एक अर्ब ५९ करोड  मेट लाइफले ९९ करोड रुपैयाँ 

राष्ट्रिय बीमा संस्थानले ९८ करोड ६९ लाख  रुपैयाँ नविकरण शुल्क आर्जन गरेको हो। प्राइम लाइफले  ९४ करोड रुपैयाँ नविकरण शुल्क संकलन गरेका छन्। 

धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने  कम्पनीहरु

चालु आर्थिक वर्षको तीन महिनामा ६ वटा कम्पनीहरुले प्रथम बीमा शुल्क धेरै आर्जन गरेका  छन् । नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्कबाट एक अर्ब ३५ करोड रुपैयाँ  आर्जन गरेका छन् ।

नेशनल लाइफले ८४ करोड २७ लाख, लाइफ कर्पोरेसन कम्पनीले ५२ करोड ६२ लाख  ,सिटिजन लाइफले ४९ करोड, सूर्या लाइफ  ४० करोड र सन नेपाल ५२ करोड रुपैयाँ  प्रथम बीमा शुल्क संकलन गरेका नेपाल बीमा प्राधिकरणले जनाएको छ।