BIZMANDU
www.bizmandu.com

जडीबुटीको रातो घरको संरचना हटाएको एक महिनापछि सडक विस्तारको काम धमाधम, जाम कम हुने

२०७९ मंसिर १

जडीबुटीको रातो घरको संरचना हटाएको एक महिनापछि सडक विस्तारको काम धमाधम, जाम कम हुने
जडीबुटीको रातो घरको संरचना हटाएको एक महिनापछि सडक विस्तारको काम धमाधम, जाम कम हुने


काठमाडौं। काठमाडौं महानगरले जडीबुटीको रातो घरको संरचना हटाएको एक महिनापछि सडक विस्तारको कामले तीब्रता पाएको छ। हाल यो क्षेत्रको निर्माण कार्य धमाधम भइरहेको सडक डिभिजन काठमाडौंले जनाएको छ।

Tata
GBIME
NLIC

काठमाडौं सडक डिभिजन र सडक विभागले वर्षौदेखि हटाउन नसकेको सो संरचना महानगरले एक महिना अगाडि हटाएपछि निर्माण प्रक्रिया अगाडि बढाइएको हो।

डिभिजनले सो सडक ६ लेनमा विस्तार गर्न ६४ लाखमा ठेक्का आह्वान गरेको थियो। हाल ठेक्काको सम्झौता भएर निर्माण कार्यले तीब्रता पाएको हो। यो सडक बनाउन धेरै समय नलाग्ने डिभिजनको दावी छ।

कोटेश्वर जडीबुटीतर्फ जाने बायाँ साइडमा आकासेपुलदेखि जडीबुटी चोकसम्म मात्र सडक विस्तार गर्न बाँकी छ। 

सो घरका कारण ६ लेनको अति व्यस्त सडक पूर्ण रूपमा संचालनमा आउन सकेको थिएन। मूल सडकका दायाँ र बायाँ बनाइएका सर्भिस लेन निर्माणमा अवरोध हुँदा सडकमा सवारी जामको समस्या छ।

जापानी सहयोग नियोग (जाइका) को सहयोगमा २०६१ सालमा बनेको माइतीघर- सूर्यविनायक ६ लेन सडक विस्तारको काम जग्गा र कच्ची घरको पुनः मुआब्जा विवादले अवरुद्ध बनेको थियो। जग्गा धनीले जग्गाको समेत मुआब्जा रकम चाहिने भन्दै घर हटाउन अटेर गर्दै आएका थिए।