BIZMANDU
www.bizmandu.com

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी उपासना पौडेलको राजीनामा स्वीकृत, निमित्तमा सुवेदी

२०७९ कात्तिक २७

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी उपासना पौडेलको राजीनामा स्वीकृत, निमित्तमा सुवेदी
युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी उपासना पौडेलको राजीनामा स्वीकृत, निमित्तमा सुवेदी


काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको राजीनामा स्वीकृत गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले  निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नवीन सुवेदीलाई दिएको छ।

कम्पनीको संचालक समितिको बैठकले कात्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलेको राजीनामा स्वीकृत गरेको हो।

२०७८ मा चार वर्षको लागि पौडेल सीइओ नियुक्त भएकी थिइन्।

उनले १७ महिनामै राजीनामा दिएकी हुन्। करिब डेढ महिनापछि मात्र युनाइटेड इन्स्योरेन्सले पौडेलको राजीनामा स्वीकृत गरेको हो।

निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी पाएका सुवेदी कम्पनीको महाप्रबन्धक ‍हुन्।