BIZMANDU
www.bizmandu.com

सीजी मेरिडियाले जाडो मौसमका लागि उपयुक्त हुने विद्युतीय सामाग्री ल्यायो, यस्ता छन् उत्पादन

२०७९ कात्तिक २२

सीजी मेरिडियाले जाडो मौसमका लागि उपयुक्त हुने विद्युतीय सामाग्री ल्यायो, यस्ता छन् उत्पादन
सीजी मेरिडियाले जाडो मौसमका लागि उपयुक्त हुने विद्युतीय सामाग्री ल्यायो, यस्ता छन् उत्पादन


काठमाडौं। इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी तथा सीजी अन्तर्गतको सीजी मेरिडियाले जाडो मौसमको लागि बिभिन्न नयाँ प्रोडक्ट रेन्जहरु सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले जाडो मौसममा उपयुक्त हुने किसिमका नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा जनाएको हो।

सीजीका इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वाशिङ मेसिन तथा माइक्रोवेभ ओभनहरु बजारमा उपलब्ध छन्।

कोठाहरुलाई न्यानो राख्न अत्याधुनिक एसीलगायत विभिन्न प्रकारका ओएफआर. तथा ह्यालोजिन हिटर, पीटीसी फ्यान हिटर, कार्बन हिटर, ग्यास तथा इलेक्ट्रक हिटर तथा फ्यान हिटरहरु पनि कम्पनीले ल्याएको जानकारी दिएको छ।

विभिन्न किसिमका इलेक्ट्रक गिजर तथा ग्यास गिजर पनि सीजीले बजारमा ल्याएको बताएको छ। यसैगरी वाटर बोइलर लगायत हट पट तथा केटल पनि उपलब्ध छन् ।

बिभिन्न डिजाइनका डेस्कटप तथा स्ट्यान्डिङ डिस्पेन्सरका सथै दुई देखि ३.२ लिटरसम्मका प्लास्टिक तथा स्टीलका थर्मसहरु पनि सार्वजनिक गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।