BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजको सपिङमा अफर, ११:११ मा २०% सम्म छुट पाउने

२०७९ कात्तिक २१

काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको अनलाईन सपिङको ११: ११ अफरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

Vigo
GBIME
Tata

यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने बताइएको छ।  

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३ तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ।  

बैंकका अनुसार छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । 

यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहने बैंकले जनाएको छ।