BIZMANDU
www.bizmandu.com

दरबारमार्गको हार्ड रक क्याफेले मनायो पहिलो वार्षिकोत्सव, रोजाइमा क्याफेका सिग्नेचर डिसहरु

२०७९ कात्तिक २०

दरबारमार्गको हार्ड रक क्याफेले मनायो पहिलो वार्षिकोत्सव, रोजाइमा क्याफेका सिग्नेचर डिसहरु
दरबारमार्गको हार्ड रक क्याफेले मनायो पहिलो वार्षिकोत्सव, रोजाइमा क्याफेका सिग्नेचर डिसहरु

काठमाडौं। हार्ड रक क्याफेले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। दरबारमार्गमा रहेको शेर्पा मलको माथिल्लव तलामा रहेको क्याफेले शुक्रबार पहिलो वर्षगाँठ मनाएको छ।  

Vigo
GBIME
Tata

७ सय वर्गमिटरभन्दा ठूलो स्पेसमा फैलिएको क्याफेले एकैपटक २०० गेस्टलाई सर्भ गर्न सक्ने बताइएको छ। परम्परागत अमेरिकी कुजिनले परिचित हार्ड रक क्याफेको बर्गर निकै चर्चित छ। 

बर्गर सिरिजसँगै सलाद, स्यान्डविच र डेजर्टका लागि पनि क्याफे प्रसिद्ध मानिन्छ। यसका साथै ड्राफ्ट बियर र वाइन, ककटेल र क्याफेको सिग्नेचर हुरिकेन ककटेल उपभोक्ताहरुको रोजाइमा परिरहेको क्याफेले जनाएको छ। 

‘हामी काठमाडौंको हार्ड रक क्याफेले पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा निकै खुसी छौं। हामी हस्पिटालिटी उद्योगमा आफ्नो प्रभाव र हाम्रो ब्राण्ड स्ट्यान्डर्ड कायम राख्न प्रतिबद्ध छौं,’ हार्ड रक इन्टरनेसनलकझ फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्न्यान्डेजले भने।