BIZMANDU
www.bizmandu.com

सेवा एपले स्टार्टअप सेमिनार गर्दै, सफल/असफल स्टार्टअप केस स्टडीसहितको पार्श्वचित्र प्रस्तुति

२०७९ कात्तिक १८

काठमाडौं। 'जे गर्छु नेपालमै गर्छु' भन्ने नारासहित सेवा एपले स्टार्टअप सेमिनार आयोजना गर्ने भएको छ। सहभागीका लागि प्रवेश निःशुल्क रहेको सेमिनार शनिबार बिहान १० बजेदेखि सेवा प्रालिको सभाहल बबरमहलमा हुने जनाइएको छ। 

Tata
GBIME
Nepal Life

नेपालमा स्टार्टअपको विगत वर्तमान र भविष्यमाथि केन्द्रित हुने बहसमा यस क्षेत्रका व्यवसायीको सहभागिता रहने छ। स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्न चाहने धेरैलाई सम्बद्ध कम्पनी कानुन र प्रक्रियाबारे जानकारी कम हुने गरेको छ।  

स्टार्टअप कसरी सुरु गर्ने ? कुन क्षेत्रमा गर्ने ? यो क्षेत्रमा कस्ता समस्याहरु आउने गर्दछन्? ती समस्याहरुको समाधान कसरी गर्ने भन्ने कुरा उदाहरणसहित सेमिनारमा प्रस्तुत हुने आयोजकले जनाएका छन्। 

स्टार्टअप कम्पनीहरु सबैले राम्रो गर्छु, सफल हुन्छु भन्ने सोचका साथ स्थापना गरेका हुन्छन्। तर, सफल हुने थोरै हुन्छन्। अधिकांश स्टार्टअप कम्पनीहरु असफल नै हुनेगरेको देखिएका छन्। सेमिनारमा सफल कम्पनी कसरी सफल भए र असफल कसरी असफल भए भन्ने केस स्टडीका माध्यमबाट जानकारीमा सहजीकरण गरिने छ।

स्टार्टअप सरुु गर्नु पूर्वका आधारभूत आवश्यकता के-के हुन्? कुन रणनीति अपनाएको खण्डमा स्टार्टअप असफल हुन पाउदैन? कुन व्यवसायको निकट भविष्य उज्जवल छ भन्ने कुरा समेत सेमिनारको विषय छ। व्यवसायको सुरु धेरैले गर्छन्, टिक्न सक्ने निकै कम हुन्छन्। समस्या समाधान गर्ने हेतुले सेमिनार आयोजना गरिएको आयोजकको भनाइ छ।

विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने सोच भएका, लगानी गर्न पुँजी भएका तर अवसर र योजना नभएका र विद्यार्थी वर्ग एवं व्यवसाय गर्न चाहनेहरु सबैले सेमिनारबाट लाभ लिन सक्ने आयोजक बताउँछन्।