BIZMANDU
www.bizmandu.com

सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारीमा सबिरबादे श्रेष्ठ, वित्तीय क्षेत्रमा १७ वर्षको अनुभव

२०७९ कात्तिक १७

सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारीमा सबिरबादे श्रेष्ठ, वित्तीय क्षेत्रमा १७ वर्षको अनुभव
सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारीमा सबिरबादे श्रेष्ठ, वित्तीय क्षेत्रमा १७ वर्षको अनुभव


काठमाडौं। सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियुक्त भएका छन्। कात्तिक १५ गतेका दिनदेखि लागू हुनेगरी श्रेष्ठ क्यापिटलको सीइओमा नियुक्त भएका हुन्।

Tata
GBIME
NLIC

यसअघि श्रेष्ठ मेगा क्यापिटल मार्केट्समा समेत प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। मेगा क्यापिटलको सीइओमा श्रेष्ठ सन् २०२० देखि २०२२ सम्म कार्यरत थिए।

त्यसअघिका वर्षहरु श्रेष्ठ एनआईबीएल क्यापिटल मार्केट्स र नबिल इन्भेष्टमेन्ट्स बैंकिङको उच्च व्यवस्थापनमा रहेर काम गरेका हुन्। श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ।

श्रेष्ठ एसीसीए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।