BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंकको सीइओमा दोहोरिए रोशन कुमार न्यौपाने, थप ४ वर्षलाई पाए नियुक्ति

२०७९ कात्तिक १६

एनआईसी एशिया बैंकको सीइओमा दोहोरिए रोशन कुमार न्यौपाने, थप ४ वर्षलाई पाए नियुक्ति
एनआईसी एशिया बैंकको सीइओमा दोहोरिए रोशन कुमार न्यौपाने, थप ४ वर्षलाई पाए नियुक्ति

काठमाडौं। एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई दोहोर्‍याउने निर्यण गरेको हो।

Tata
GBIME

मंसिर १५ गतेदेखि लागू हुनेगरी उनी थप ४ वर्षको लागि बैंकको सीइओ रहनेछन्। न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले व्यवसायिक उचाइ हासिल गरेको जनाएको छ।

यसअघि उनी २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। मुलुकको सबैभन्दा ‘कान्छो सीइओ’ को रुपमा समेत न्यौपाने चर्चित छन्।

३८ वर्षको उमेरमा नै बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन्।अहिले उनी ४२ वर्षमा लागेका छन्। बैंकका अनुसार उनले बागडोर सम्हाले लगत्तै बैंकको वासलातले निकै फराकिलो छलाङ लिएको छ।