BIZMANDU
www.bizmandu.com

स्विट्जरल्याण्डले राख्यो विश्वको सबैभन्दा लामो ट्रेनको कीर्तिमान, कति लामो छ यो ट्रेन ?

२०७९ कात्तिक १६

काठमाडौं। स्विट्जरल्याण्डमा विश्वको सबैभन्दा लामो ट्रेन संचालनमा आएको छ। ४ हजार ५ सय ५० वटा सिटहरु भएको उक्त रेल चलाउन ७ जना चालकको आवश्यकता पर्दछ।

Vigo
GBIME
Tata

स्विस रेलवे कम्पनीले शनिबार देशमा रेलवेको १७५ औं वार्षिकोत्सवको अवसर पारेर विश्वको सबैभन्दा लामो यात्रु ट्रेनको कीर्तिमान तोडेको हो। १०० वटा डिब्बाहरु रहेको कीर्तिमानी रेल २ किलोमिटर लामो छ।

उक्त ट्रेन अल्बुला-बर्निना मार्गमा प्रेडाबाट बर्गुएनसम्म चलाइएको थियो। जुन ज्युरिखको लगभग १७२ किलोमिटर दक्षिण-पूर्वमा अवस्थित छ।

करिब एक घन्टा लाग्ने रेलको यात्राले २२ वटा सुरुङहरू पार गर्‍यो। जसमध्ये केही पहाडहरू हुँदै घुमाउरो ल्यान्ड सरोवरसहित ४८ वटा पुलहरू छन्। जुन तलको खाडलबाट ६५ मिटर माथि छ।

यसभन्दा अघिल्लो कीर्तिमान नेशनल बेल्जियम रेलवे कम्पनीले १.७ किलोमिटर लम्बाइ भएको ७० क्यारेज ट्रेनको लागि राखेको थियो। त्यो रेलले अप्रिल ७, १९९१ मा बेल्जियमको उत्तर-पूर्वको गेन्टबाट ओस्टेन्डसम्म १ घण्टा ११ मिनेटमा ६२.५ किलोमिटरको यात्रा गरी कीर्तिमान बनाएको थियो।