BIZMANDU
www.bizmandu.com

चार दिनपछि हरियो भयो सेयर बजार, वृद्धिलाई लगानीकर्ताले नपत्याउँदा कारोबारमा छैन सुधार

२०७९ कात्तिक ६

चार दिनपछि हरियो भयो सेयर बजार, वृद्धिलाई लगानीकर्ताले नपत्याउँदा कारोबारमा छैन सुधार
चार दिनपछि हरियो भयो सेयर बजार, वृद्धिलाई लगानीकर्ताले नपत्याउँदा कारोबारमा छैन सुधार

काठमाडौं। तिहारअघिको अन्तिम कारोबार दिन सेयर बजारले चार दिनको निरन्तर गिरावटलाई ब्रेक लगाएको छ। तर वृद्धिलाई लगानीकर्ताले नपत्याउँदा कारोबारमा भने उत्साह छैन।

Tata
GBIME
Nepal Life

आइतबार सेयर बजार १४.३५ अंकले बढेर १८५८.४९ को विन्दुमा उक्लिएपनि किनबेच मात्र ५१ करोड रुपैयाँमा सिमित छ। बजारको पछिल्लो प्रदर्शनी अन्योलपूर्ण बन्दै गएपछि हरियो हुँदा समेत लगानीकर्ता‍ पोजिसन लिन डराएका हुन्।

सामान्य वृद्धिलगत्तै फरकिलो अंकसहित बजार ओर्लने गरेको छ। लगानीकर्ताको साथ नपाउँदा बजारमा उल्लेख्य उतारचढाव पनि देखिँदैन। त्रैमासिक विवरण र लाभांशको सिजनले पनि बजारमा उत्साह थपिएको छैन।

त्यस माथि ब्याजदर (निक्षेप र कर्जा) ह्वात्तै बढेपछि सेयर बजारमा लगानी गर्न डराउनेहरुको संख्या पनि बढ्दै छ। सेयर बजारको अघिल्लो ट्रेन्डले पनि ब्याजदरसँग विपरित सम्बन्ध रहेको देखाउँछ।

ब्याजदर बढाउँदा पनि संकटउन्मुख तरलतामा सुधार नदेखिँदा सेयर बजार निकै प्रभावित बन्दै गएको छ। बैंकहरुको लगानीयोग्य क्षमतामा कुनै वृद्धि देखिँदैन। सेयर बजार र घरजग्गालाई पैसा ठप्प नै गरेका छन्।

ब्याजदरले अर्थतन्त्रको लागत पनि ह्वात्तै बढेको छ। व्यापार व्यवसायमा पनि मन्दिको संकेत देखिएको छ। मन्दिमा ब्याजदर यसरी बढ्दा व्यवसाय सोझै प्रभावित हुन्छ। व्यवसायमा ह्रास आउँदा प्रतिफलमा गम्भिर असर पर्छ। सेयर बजारमा संलग्न कम्पनीहरुको व्यवसाय र प्रतिफल नै घट्दा लगानी स्वत घट्छ।