BIZMANDU
www.bizmandu.com

सयपत्रीले ढकमक्क इचंगु : फूल टिप्नमै व्यस्त कृषक, उत्पादन कम हुँदा मूल्य दोब्बर, तस्वीर समाचार


काठमाडौं। तिहार लागेसँगै नागार्जुन नगरपालिकाको इचंगुका केही क्षेत्र मनमोहक देखिन थालेको छ। तिहारका लागि लगाइएको सयपत्री ढकमक्क फुल्दा यहाँका दृश्य लोभलग्दो देखिन थालेको हो।

Vigo
GBIME
Tata

अहिले यहाँका फूल कृषकलाई फूल टिप्न भ्याइनभ्याई छ। तिहारको माहोल सुरु भइसकेकाले बजारमा बेलैमा फूल पुर्‍याउनुपर्ने हुन्छ। त्यसैले उनीहरु बिहानै फूलबारी पस्छन्। फूल टिप्छन्। कोही माला उनेर बजार पुर्‍याउने तयारमा बस्छन्।

यो वर्ष पहिलेभन्दा फूल निकै कम उत्पादन भएको कृषक बताउँछन्। यसपटकको बेमौसमी झरीले फूल राम्रोसँग फूल्न नपाएको उनीहरुको गुनासो छ।

फूल उत्पादनमा कमी आएसँगै यसको मूल्य पनि दोब्बरले बढेको छ।