BIZMANDU
www.bizmandu.com

तिहार सुरु भएसँगै बजारमा घट्न थाल्यो सुनको मूल्य, शुक्रबार प्रतितोला ९२ हजार ५ सय, चाँदी स्थिर

२०७९ कात्तिक ४

तिहार सुरु भएसँगै बजारमा घट्न थाल्यो सुनको मूल्य, शुक्रबार प्रतितोला ९२ हजार ५ सय, चाँदी स्थिर
तिहार सुरु भएसँगै बजारमा घट्न थाल्यो सुनको मूल्य, शुक्रबार प्रतितोला ९२ हजार ५ सय, चाँदी स्थिर

काठमाडौं। सुनचाँदी खपत हुने चाड सुरु भएसँगै मूल्य पनि घट्न थालेको छ। साताको अन्तिम दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा १०० रुपैयाँले घट्दै प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य शुक्रबार प्रतितोला ११ सय ७० रुपैयाँ छ। बिहीबार ५ रुपैयाँ घट्दा प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको थियो। तिहारमा सुनभन्दा बढी चाँदीको कारोबार हुने गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔंस १६२१.५५ डलर छ। चाँदी प्रतिऔंस १८.५५ डलर छ।

बिहीबार सुन प्रतिऔंस १६३४.२६ डलर र चाँदी १८.५५ डलरमा कारोबार भएको थियो।