BIZMANDU
www.bizmandu.com

वीरगंजमा वाणिज्यले बढायो अनुगमन, १६ व्यापारिक फर्म कारबाहीमा, ३ लाख १५ हजार जरिवाना

२०७९ असोज २९

वीरगंजमा वाणिज्यले बढायो अनुगमन, १६ व्यापारिक फर्म कारबाहीमा, ३ लाख १५ हजार जरिवाना
वीरगंजमा वाणिज्यले बढायो अनुगमन, १६ व्यापारिक फर्म कारबाहीमा, ३ लाख १५ हजार जरिवाना


वीरगंज। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले  बजार अनुगमन र कारबाहीमा सक्रियता देखाएको छ।

Vigo
GBIME
Tata

भदौ र असोजमा गरेको अनुगमनमा १६ वटा व्यापारिक फर्मलाई कारबाही  गरेको छ। उनीहरुबाट ३ लाख १५ हजार रुपैयाँ जरिवाना असुली गरेको छ।

वाणिज्य कार्यालयका प्रतिनिधि, विभिन्न सरोकारवाला कार्यालय र संस्थाहरूको सहभागितामा गरिएको अनुगमनमा मूल्यसूची नराखेका, खरिद बिल देखाउन नसकेका र अनुगमनमा असहयोग गरेका व्यापारिक फर्मलाई कारबाही गरिएको जनाइएको छ।

कारबाहीमा पर्नेमा आकर्षण ब्युटीपार्लर, मिलन जनरल स्टोर्स, खड्का कोल्ड ड्रिंक्स, टिबडेवाला इम्पेक्स, नीलाम्बरी, पशुपति भण्डार, फन एन्ड फन, दाजुभाइ चुरा पसल, फेशन आइकन स्टोर्स, पीआर ट्रेडर्स, लक्ष्मी कस्मेटिक, न्यु समी ट्रेडर्स, अन्नपूर्ण साडी सेन्टर, लक्ष्मीनारायण वस्त्रालय, राजघराना ट्रेडर्स, आरके किराना लगायत रहेको कार्यालयले जनाएको छ।

कारबाहीमा परेका फर्महरु वीरगंज महानगरपालिका अन्तर्गत दर्ता भएर सञ्चालनमा रहेकाहरु हुन्।